एजेन्सी– सबैभन्दा लामो व्यावसायिक उडान भरेर सिंगापुर एयरलाइन्सको विमान शुक्रबार अमेरिकाको न्युयोर्कमा अवतरण गरेको छ। सिंगापुरबाट लगातार १५ हजार किलोमिटर दुरी पार गर्दै सो विमान १७ घण्टा ५२ मिनेटमा न्युयोर्क पुगेको हो।
_x000D__x000D_
धेरै महँगो परेपछि सोझो उडान बन्द गरेको सिंगापुर एयरलाइन्सले ५ वर्षपछि पुनः सिंगापुर–अमेरिका उडान सेवा सुरु गरेको हो।
_x000D__x000D_
फ्लाइट नम्बर एसक्यू–२२ विमान स्थानीय समयानुसार बिहान ५ः२९ मा अवतरण गरेको थियो। १७ चालक दलका सदस्य रहेको विमानमा १ सय ५० यात्रु सवार थिए।
_x000D__x000D_
_x000D__x000D_
एयरलाइन रेटिङ्स डट कमका प्रधान सम्पादक जिओफ्री थोमसले यात्रा अवधिभर समय निकै सहज ढंगबाट बितेको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘१७ घन्टाभन्दा बढी यात्रा गरेको जस्तै लागेन। यात्रा निकै सहज र सरल रह्यो।’
_x000D__x000D_
सिंगापुर एयरलाइन्सले यात्रुको मागलाई ध्यानमा राख्दै सो उडान सेवा पुनः सञ्चालनमा ल्याएको बताएको छ। यात्रुले सोझो उडान सेवा सञ्चालन नहुँदा यात्राका दौरानमा धेरै समय खर्च भएको गुनासो गरेपछि यस्तो कदम चालिएको एयरलाइन्सले स्पष्ट पारेको छ।
_x000D__x000D_
यसअघि सन् २०१८ को सुरुमा अष्ट्रेलियाको पर्थबाट लन्डनका लागि १७ घन्टा र अष्ट्रेलियाको अकल्यान्डबाट कतारको दोहाका लागि साढे १७ घन्टा लामो उडान भएको थियो।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।