मुसिकोट– रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहोर खोलामा बगाउँदै आएको छ।
_x000D__x000D_
फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैंले बजारमा सङ्कलन गरेको फोहोर स्थानीय गिजागाड खोलामा फाल्दै आएको हो।
_x000D__x000D_
उक्त नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै फोहोर सो खोलामा फाल्ने गरेकाले स्थानीयवासीले पनि घरघरमा सङ्कलन गरेको फोहोर मनोमानी ढङ्गले खोलामा बगाउँदै आएका छन्।
_x000D__x000D_
वडा नम्बर १२ र ९ लाई जोड्ने गिजागाड माथिको झोलुङ्गे पुलबाट स्थानीयवासीले दिनहुँ खोलामा फोहोर फाल्दा यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहोरको थुप्रो समेत बढ्दै गएको छ।
_x000D__x000D_
यसअघि नगरपालिकाले बजारवासीलाई आफूखुसी पुलबाट फोहोर नफाल्न र फालेको भेटिए कारबाही हुने सूचना सार्वजनिक गरेपनि नगरपालिका आफैंले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधै फोहोर फाल्दा खोला र आठबिसकोट बजार प्रदूषित बन्दै गएको छ।
_x000D__x000D_
खोलामा फालिएको फोहोर बजार क्षेत्र र यहाँको विभिन्न ठाउँ र किसानको खेतबारीमा थुप्रिने गरेको स्थानीयवासी शङ्करबहादुर पुनले बताए।
_x000D__x000D_
उता नगरपालिकाले भने खोला किनारमा फाल्दै आएको फोहोरलाई अस्थायीरुपमा मात्र व्यवस्थापन गरिएको जानकारी दिएको छ। तत्काल पर्याप्त मात्रामा डम्पिङ साइटका लागि जग्गा नभएकाले यस्तो गर्नुपरेको नगरपालिकाको भनाइ छ।
_x000D__x000D_
बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध हुन लागेको र त्यसपछि मात्र फोहोरको उचित व्यवस्थापन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए। उनका अनुसार डम्पिङ साइटका लागि जग्गा खरिद भइसकेकाले छिटै फोहोर व्यवस्थापन गरिने छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।