काठमाडाैं- अन्दाजी २४/२५ वर्षका जस्ता देखिने दीपक शाही सुर्खेतमा बसोबास गर्छन्। राउटे समुदायका उनी प्रायजसो सुर्खेतका विभिन्न स्थानमा घुमेर घुमन्ते जीवनशैली अपनाउँछन्। उपराष्ट्रपतिका पुत्र दिपेश पुनका मीत पनि हुन् उनी। दीपकसहितको एक टोली दशैंमा आर्थिक राहत लिन राजधानी आएको छ। टोलीमा शिवराम शाही, सुविराम शाही राउटे मुखिया हरिबहादुर शाहीको नेतृत्वमा दसैंको आर्थिक सहयोग लिन काठमाडौं आएका हुन्। हरिबहादुर दीपकका मामा पनि हुन्।
_x000D__x000D_
राजधानी आएको राउटे टोेलीलाई सरकारले उपलब्ध गराउने आर्थिक सहयोग ग्रहण गर्नु त छँदैछ तर थप माग पनि छ उनीहरुको। हराएको आफूहरुको पहिचान खुलाईदिन सरकारसँग आग्रह गर्ने। मंगलबार राजधानी छिरेका उनीहरु प्रधानमन्त्रीलाई भेट्ने गरी आएका हुन्। प्रधानमन्त्रीसंग भेट गराउने चाँजोपाँजो चाँहि लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले मिलाएको हो।
_x000D__x000D_
असोज २३ गते बिहान सात बजे काठमाडाैं आईपुगेका उनीहरुले नयाँ बानेश्वरस्थित राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्रलाई आश्रय स्थल बनाएका छन्। सो केन्द्रमा उनीहरुले तीन दिन बिताए।
_x000D__x000D_
काठमाडौं आएको पहिलो दिन आर्थिक सहयोगका लागि उपराष्ट्रपति कार्यालय, सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालकिा तथा समाज कल्याण मन्त्रालय चहारे। असोज २४ र २५ गते प्रधानमन्त्री भेट्न पुगे तर उनीहरु गेटबाटभित्र पस्न नै पाएनन्। सरकारी निकायबाट सहयोग गर्ने आश्वासन पाएका उनीहरु फर्किने समयसम्म पनि खाली नै थिए।
_x000D__x000D_
राउटेका विषयमा प्रधानमन्त्रीलाई खबर भएको र सहयोग गर्ने आश्वासन मात्र पाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको मुखिया हरिबहादुरको भनाई छ। तीन दिनसम्म मन्त्रालय धाएका राउटेले झिनो आश्वासन भन्दा निराशाको भारी कसे। मन गह्रुंगो बनाएर फर्किए।
_x000D__x000D_
प्रधानमन्त्री कुरा राख्न आएका राउटे दिपकशाहीले पहिलो दिन नै मित र मितबा सँग भेट गरे। मितले केही सामान र केही पैसा पनि दिन्छु भने। तर उनलाई मित भन्दा पनि सरकारप्रति गुनासो बढेको छ। ‘दिन्न कसैले भन्दैनन्, तत्कालै कसैले केही दिँदैनन्’ दीपकले भने, ‘हामीले सरकारसँग ४ लाख रुपैंया माग गरेको हो, मितबाले पहल गरिदिन्छु त भनेको छ। खै अब हेरौं।’
_x000D__x000D_
राउटे भएपनि नेपाली प्रष्ट बोल्न सक्छन् दीपक। उनको पनि दसैं अरुको जस्तै हो। तर यस वर्ष विगतको फरक तवरले मनाउन चाहन्छन् उनी। ‘हामी पनि अरु जस्तै टीका लगाएर दसैं मनाउछौं। अरुले खसी काट्छ तर हामी बाख्रा काटेर भएपनि दसैं मनाउछौं’ उनले भने।
_x000D__x000D_
_x000D__x000D_
मुखिया हरिबहादुर शाही उनी उमेरले ६२ वर्षका छन्। उनी पनि सरकारप्रति असन्तुष्ट छन्। ‘हामीले भनेको कुरा सुन्न खोजिरहेका छैनन्। दसैंका लागि भनेर ४ लाख रुपैयाँ मागेको हो। सबैले कुरा मात्र गर्छ तर पैसा कसैले दिँदैन। दिने हो भने हामीलाई हातमा नै पैसा दिए राम्रो, चेक भन्ने थाहा छैन, साट्न पनि सक्दैनौं।’
_x000D__x000D_
राउटेको उत्थानका लागि बुढेसकालमा पनि शाही काठमाडौंसम्म आए। तर सुनुवाई भने भएन। ‘देश संघीयतामा गए पनि पनि समस्या पोख्न सिंह दरबारमा नै आएर शीर निहुराउनु परेको छ। गुनासो उनलाई यसैमा छ।
_x000D__x000D_
सरकारले लोपोन्मुख जातिका लागि सामाजिक सुरक्षा भत्ताबापत मासिक २ हजार उपलब्ध गराउने निर्णय गरेको छ। तर त्यही दुई हजारमा पनि लामो समयदेखि नपाएका राउटेका चित्त दुखेको छ।
_x000D__x000D_
‘दशैंका लागि सरकारले केही पैसा दियो भने राम्ररी नै मनाउने विचार छ। अब कहिले कति पैसा दिने हो भन्ने कुरा चाँहि थाहा छैन’ हरिबहादुरले भने।
_x000D__x000D_
चार जना पुरुष राउटेसँगै आएकी भान्जी भनिने सत्यदेवी खड्का पनि उनीहरुसंगै छिन् । उनी लोपोन्मुख तथा उत्पिडित पिछडिएका वर्गलाई सहयोग गर्दै आएकी छिन्। ‘चेतना अभावले जंगल बसेका यिनीहरुलाई नेपाल सरकारले राउटे भनेको हो। राउटेको जीवनस्तर सुधार गर्ने जिम्मा सरकारको हो। उनीहरुलाई खुसी बनाएर जीवनस्तर सुधार गर्न सरकारले पहल गर्नुपर्छ’ उनले भनिन्, ‘राउटेहरु अभावै अभावमा बाँच्न बाध्य छन्। शिक्षा, स्वास्थ्य खानेपानीलगायतका कैयौं समस्याबाट पिडित छन्।’
_x000D__x000D_
सुर्खेत जिल्लामा ४६ घरपरिवारमा बस्दै आएका १ सय ५० जना राउटे रहेका छन्। २०३६ सालमा नै राजा वीरेन्द्रले पश्चिम डढेल्धुरामा प्रति परिवार १० कठ्ठा सरकारी जग्गा उपलब्ध गराई टहरा बनाएर राखेका थिए। राउटेलाई व्यवस्थित गर्न राजा वीरेन्द्रले अभियान नै चलाएका थिए। तर नयाँ नेपाल निर्माण भइसक्दा पनि राउटे व्यवस्थापन गर्न नसक्नु लज्जास्पद बनेको छ। अहिलेको सरकारको नारामा ‘समृद्ध नेपाल सुखी नेपाली’ ठीक उल्टो भएको छ। दसैं मनाउने कसको रहर हुंदैन र? कसले मान्दैन? सबैले आ–आफ्नो तरिकाले दसैं मान्छन्, राउटेलाई पनि सरकारले सहयोग गर्नुपर्छ। खड्काले आक्रोश मिश्रित बेलिविस्तार लगाइन्।
_x000D__x000D_
उनीहरु दसैंकै लागि मात्र माग्न आएका होईनन्। यो संयोग मात्र भएको खड्काको भनाई छ। ‘गृहमन्त्रीका अगाडि पछाडिका कार्यकर्ताले प्लेनको टिकटदेखि लिएर घर खर्च र बिरामी खर्चका नाममा सरकारको ढुकुटीबाट करौडौं रकम दोहन गर्छन् तर राउटेलाई डेढ सय राउटेका लागि एक दुई लाख पैसा दिँदैमा माग्ने भनेर सम्बोधन गरिदिनु आफूहरुको मान हानी भएको मुखिया हरिबहादुरको भनाइ छ।
_x000D__x000D_
यसरी लुगा सिलाएर लगाउन नमान्ने राउटेमा चेतना भरेर सरकारले कहिले उनीहरुलाई विकासको मूलधारमा समावेश गर्न सक्ला, चिन्ताको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।