म्याग्दी– म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका ९ जनाको मृत्यु भएको छ। टोलीमा ५ कोरियाली नागरिक तथा बाँकी नेपाली रहेका छन्।
_x000D__x000D_
धवलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले ९ जनाको शव फेला परेको आफूले सूचना पाएको बताइन्। 'हावाहुरी आएका कारण टेन्टसमेत उडाएको भन्ने खबर आयो,' उनले भनिन्।
_x000D__x000D_
काठमाडौंको ‘प्रोजेक्ट वे’ नामक ट्रेकिङ एजेन्सीबाट १२ जना गुर्जा हिमाल आरोहणका लागि गए पनि अन्य ३ जना भने बीच बाटोबाटै फर्किएका थिए।
_x000D__x000D_
म्याग्दी प्रहरीले घटनास्थलमा पुग्नका लागि प्रयास भइरहेको जनाएको छ।
_x000D__x000D_
उद्धारका लागि घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर पठाइए पनि अवतरण गर्न नसकेपछि फिर्ता आएको छ। घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्यमा कठिनाइ हुने बताइएको छ।
_x000D__x000D_
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली काठमाडाैबाट असाेज १५ मा र गुर्जा गाउँबाट असोज २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो। टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए। तर, उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए।
_x000D__x000D_
त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए।
_x000D__x000D_
‘पश्चिम हिमाल’को नामले समेत चिनिने गुर्जाको उचाइ ७ हजार १ सय ९३ मिटर छ।
_x000D__x000D_
यता पर्यटन विभागले प्रदान गरेकाे पर्वताराेहण अनुमति पत्रमा भने अाराेहण दलमा ४ काेरियाली र ३ नेपालीकाे मात्रै नाम उल्लेख गरिएकाे छ।
_x000D__x000D_
१) किम च्याङ हो (दक्षिण कोरिया) – लिडर, आरोहण दल – ४९ वर्ष
_x000D_२) रिम इल जिन (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – ४८ वर्ष
_x000D_३) यो योङ जिक (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – ४८ वर्ष
_x000D_४) लि जाफुन (दक्षिण कोरिया) – सदस्य, आरोहण दल – २४ वर्ष
_x000D_५) वांग्चु शेर्पा (नेपाल) – सदस्य, आरोहण दल – ४६ वर्ष
_x000D_६) लाक्पा स्यांग्बो भोटे (नेपाल) – सदस्य, आरोहण दल – २१ वर्ष
_x000D_७) तेन्जिङ भोटे (नेपाल) – सदस्य, आरोहण दल – ३० वर्ष
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।