अङ्कारा– एघार दिनदेखि हराएका आफ्नो देशका पत्रकारको खोजी गर्न साउदी अरबको टोली शुक्रबार टर्की आइपुगेको छ।
_x000D__x000D_
राजधानी स्तानबुलबाट गत हप्ता हराएका पत्रकार जमाल खशोगीको खोजीका लागि थप पहल गर्न साउदी अरबको टोली टर्की आइपुगेको हो।
_x000D__x000D_
साउदी टोलीले टर्कीसँग मिलेर खोजी गर्ने योजना बनाएको छ।
_x000D__x000D_
टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सिसिटिभी दृश्य सार्वजनिक गरेका थिए।
_x000D__x000D_
पहिला राम्रो सम्बन्ध भए पनि पछि साउदी राजपरिवारको कडा आलोचक बनेका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट यही अक्टोबर २ देखि बेपत्ता भएका थिए।
_x000D__x000D_
टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावास पुगेका थिए।
_x000D__x000D_
टर्कीका अधिकारीहरूले ५९ वर्षीय खशोगीको हत्या भएको बताएका छन् भने साउदी अरबले त्यसको खण्डन गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।