घोराही– दाङको घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई आज जरिवाना गरेको छ।
_x000D__x000D_
उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही १/१ हजार रुपैयाँ जरिवाना गरिएको हो। उपमहानगरको ‘बजार व्यवस्थापन कार्यविधि, २०७४’ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ।
_x000D__x000D_
खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ।
_x000D__x000D_
उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।