काठमाडौं– पूर्व राष्ट्रपति डा रामवरण यादवले मूलुकलाई मजबुत बनाउन सबै नेपालीले योगदान दिनुपर्नेमा जोड दिएका छन्।
_x000D__x000D_
पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मूलुकलाई मजदुत बनाउन आफ्नो तर्फबाट पूर्ण योगदान दिनु अपरिहार्य रहेको बताएका हुन्।
_x000D__x000D_
शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तकको काठमाडौंमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै उनले मूलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन र सामाजिक सदभाव कायम गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
_x000D__x000D_
पूर्व राष्ट्रपति यादवले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपालको साहित्य सृजनामा पु¥याएको योगदानको पनि स्मरण गराए। कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।