काठमाडौं- नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ। संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रु ७ सय र खसीबोका रु ५ सय मूल्यमा बिक्री हुन थालेको हो। सरकारले तोकेको यो मूल्य बजार भाउभन्दा ५० रुपैयाँसम्म सस्तो भएको दाबी संस्थानको छ।
_x000D__x000D_
दसैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा ९ सय च्याङ्ग्रा र ३ सय खसीबोका बिक्री गर्न थालिएको गौचनले बताए। च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ।
_x000D__x000D_
_x000D__x000D_
दसैंका बेला उपत्यकामा मासुको अत्यधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ। असोज ३० गतेसम्म ती चौपाया बिक्री गरिने जनाइएको छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।