काठमाडौं– नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह 'बी' प्रतियोगिताको च्याम्पियन बनेको छ।
_x000D__x000D_
शुक्रबार मलेसियाको बायुमास ओभलमा सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। जससँगै नेपाल र सिंगापुरले १–१ अंक बाढेको मलेसियामा रहेका नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाल लाइभलाई जानकारी दिए। नेपाल र सिंगापुरको समान ११ अंक भएको थियो। तर रनरेटमा नेपालले सिंगापुरलाई पछि पार्दै उपाधि कब्जा गरेको हो।
_x000D__x000D_
प्रतियोगितामा नेपाल र सिंगापुर दुवै टिम अपराजित रहे। नेपालले म्यानमार र मलेसियालाई समान ८–८ विकेट ले पराजित गर्यो। यस्तै नेपालले भुटानलाई १ सय १७ रन र थाइल्यान्डलाई १ सय ४० ले हराएको थियो। लगातार जित निकाल्ने क्रममा नेपालले चीनलाई १० विकेटले हराएको थियो।
_x000D__x000D_
_x000D__x000D_
अन्तिम खेलमा वर्षा वाधक
_x000D__x000D_
शुक्रबार अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले केवल ३ बल खेल्दा खेल वर्षाले रोकिएको थियो। यद्यपी दोस्रो बलमा नेपालका ओपनर अनिलकुमार साह शून्य रनमा आउट भएका थिए। त्यसपछि विनोद भण्डारीलाई साथ दिन कप्तान पारस खड्का मैदान छिरे। तर लगत्तै पानी पर्न थालेको थियो। नेपालले ३ बल खेलेर १ रनमा १ विकेट गुमाएको स्थितिमा खेल रोकिएको थियो।
_x000D__x000D_
_x000D__x000D_
त्यसअघि टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको सिंगापुर १७.३ ओभरमा ८१ रनमा अलआउट भयो।
_x000D__x000D_
सिंगापुरका लागि ओपनिङ ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनले सबैभन्दा बढी २५ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। यस्तै मनप्रित सिंह र सिद्धान्तले १० -१० रन जोडे।
_x000D__x000D_
सिंगापुरको इनिङ ध्वस्त पार्न सन्दीप लामिछानेले ४ विकेट लिए। सन्दीपले ३.३ ओभरमा ४ रन खर्चिए। करण केसी र सोमपाल कामीले २-२ विकेट लिन सफल भए। ललितनारायण राजवंशी र बसन्त रेग्मीले १-१ विकेट हात पारे।
_x000D__x000D_
अंक तालिका
_x000D__x000D_
_x000D__x000D_
नेपाल, सिंगापुर र मलेसिया छनोट
_x000D__x000D_
सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपाल, सिंगापुर र मलेसिया दोस्रो चरणमा पुगे। नेपाल र सिंगापुर अपराजित रहँदै दोस्रो चरणमा पुग्दा थाइल्यान्डलाई पछि पारेर मलेसिया दोस्रो चरणमा पुग्न सफल भयो।
_x000D__x000D_
प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो। मलेसियासँग पछि परेको थाइल्यान्डसँगै चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिए।
_x000D__x000D_
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
_x000D__x000D_
सन्दीपको कीर्तिमान
_x000D_नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने। सन्दीपले छनोट प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाए।
_x000D__x000D_
_x000D__x000D_
यसअघि सिनियर स्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान बसन्त रेग्मी र विनोद दासको संयुक्त नाममा थियो। बसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए। विनोदले सन् २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए।
_x000D__x000D_
सन्दीपले सिंगापुरविरुद्ध ४ विकेट, चीनविरुद्ध ३ विकेट, भुटानविरूद्ध ३ विकेट, थाइल्यान्डविरुद्ध ५ विकेट, मलेसियाविरुद्ध पनि ५ विकेट र म्यानमार विरुद्ध ४ विकेट लिएका थिए। सबै खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप ५ मध्ये ३ खेलमा म्यान अफ दि म्याच भएका थिए। सन्दीप चीन, म्यानमार र मलेसियाविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।