काठमाडौं– गुन्डा नाइके समीरमान बस्नेत अहिले केन्द्रीय कारागार जग्गनाथदेवलमा पाहुना कैदीको रुपमा बन्दी जीवन बिताइरहेका छन्। केही दिनअघि मात्रै ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ पठाइएका उनलाई सर्वोच्च अदालतको आदेशपश्चात् काठमाडौं ल्याइएको थियो।
_x000D__x000D_
बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा असोज २२ गते सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले खारेज गरिसकेको छ। अहिले उनी केन्द्रीय कारागारको गोलघरमा पाहुना कैदीको रुपमा बन्दी जीवन बिताइरहेका छन्।
_x000D__x000D_
सर्वोच्चको आदेशपश्चात् मुस्ताङबाट काठमाडौं ल्याइएका उनलाई पुन: मुस्ताङ पठाउने/नपठाउने टुंगो लागिसकेको छैन। बस्नेतलाई मुस्ताङ पठाइएपछि इन्काउन्टर गर्ने योजना बनाएर मुस्ताङ लगिएको भन्दै उनको परिवारले पत्रकार सम्मेलनसमेत गरेको थियो। परिवार र बस्नेत स्वयंले मुस्ताङ जान नमानेकाले पठाउने/नपठाउने भन्नेबारे छलफल भइरहेको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो।
_x000D__x000D_
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।
_x000D__x000D_
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए।
_x000D__x000D_
गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।