काठमाडौं– काठमाडौं महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) सहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका–२ का १९ वर्षीय देवराज श्रेष्ठ र दोलखा सैलुंग गाउँपालिका–१ का २८ वर्षीय ज्ञानबहादुर श्रेष्ठ रहेका छन्। सालकको खपटा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो। उक्त खपटाको तौल १ केजी १ सय ग्राम रहेको छ।
_x000D__x000D_
पक्राउ दुवै जनालाई प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।