काठमाडौं- सिन्धुली र नुवाकोटमा शुक्रबार भएका छुट्टाछुट्टै बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। ४९ जना घाइते भएका छन्। दुर्घटनामध्ये सिन्धुलीमा ३ जना र नुवाकोटमा २ जनाको मृत्यु भएको हो।
_x000D__x000D_
सिन्धुली सुनकोसी गाउँपालिका–५ मुलकोटस्थित सडकमा सिन्धुली मरिणबाट काठमाडौंका लागि छुटेको ना ६ ख ९१२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा बसमा सवार सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ बस्ने २८ वर्षीय रवि खड्काको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका चालकसहित अन्य ६ जनालाई उपचारका लागि धुलिखेल अस्पतालतर्फ ल्याइएको छ। उपचारको क्रममा २ जनाको मृत्यु भएको छ।
_x000D__x000D_
त्यसैगगरी नुवाकोट सूर्यगढी गाउँपालिका–५ कल्लेरी भन्ने ठाउँमा मसेरीबाट ढिकुरेतर्फ जाँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजी १ सय मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
_x000D__x000D_
बसमा सवारमध्ये नुवाकोट पन्चकन्या गाउँपालिका– ४ थप्रेक बस्ने २८ वर्षीया मिनु तामाङको घटनास्थलमै र अन्दाजी ५६ वर्षीय बलराम तिवारीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ३२ जनालाई जिल्ला अस्पताल त्रिशूली, ३ जनालाई सिटी हस्पिटल नुवाकोट र १० जनालाई काठमाडौं ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।