जनकपुरधाम– प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले शुक्रबार एउटा विधेयक प्रमाणीकरण गरेका छन्।
_x000D__x000D_
‘विपद् व्यवस्थापन विधेयक, २०७५’लाई प्रदेश २ का प्रमुख कायस्थले प्रमाणीकरण गरेका हुन्। सो विधेयकलाई प्रदेश संसदले पारित गरेसँगै प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।
_x000D__x000D_
प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कतएव्य र अधिकार तथा सेवाका अन्य सर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणीकरण गरेका थिए।
_x000D__x000D_
हालसम्म प्रदेश २ मा कुल १३ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन्। प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रुप लिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।