काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।
_x000D__x000D_
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमका सकिएको हो। हिमालयन शेर्पाबाट कर्ण लिम्बु मैदान उत्रिएका थिए। राष्ट्रिय लिग झापाबाट खेलेका कर्ण अन्तिम समयमा हिमालयन शेर्पमा आवद्ध भएका थिए।
_x000D__x000D_
यता राष्ट्रिय टिमका मिडफिल्डर लामो समयपछि मैदान फर्किएका छन्। उनी एपिएफको पहिलो रोजाइमा खेल्दै लिगमार्फत खेलमा फर्किएका हुन्।
_x000D__x000D_
लिगअन्तर्गत आज दिउँसो मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड व्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेलपछि लिग तिहारपछि सम्मका लागि स्थगित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।