काठमाडौं– नुवाकोट र सिन्धुलीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
_x000D__x000D_
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–५ रिठ्ठेभीरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।
_x000D__x000D_
सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस शुक्रबार दिउँसो विपरीत दिशाबाट मोटरसाइकलसँग ठोक्किँदा सुनकोसी नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ। बस सडकबाट करिब ७ सय मिटर तल खसेको छ।
_x000D__x000D_
यस्तै नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ। मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन्। उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
_x000D__x000D_
बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन्। गम्भीर घाइते ५ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ।
_x000D__x000D_
गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।