रसुवामा पर्यटक बढे, हाेटल व्यवसायी उत्साहित

अनु आचार्य | २०७५ असोज २६ शुक्रबार | Friday, October 12, 2018 ०५:५१:४६ मा प्रकाशित

रसुवा– रसुवाका पर्यटकीय क्षेत्रहरुमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको छ। हिमाली क्षेत्रको पदयात्राका लागि सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको हो।

_x000D_ _x000D_

नेपालको तेस्रो पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमाली दृश्यावलोकन गर्न आउने पर्यटकको संख्या बढिरहेको लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ।

_x000D_ _x000D_

असोज, कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य सिजन भएकाले अहिले दैनिक सय जनाभन्दा बढी विदेशी पर्यटकको हिमाली क्षेत्रमा आगमन हुन थालेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शिवलाल गैरेले बताए । उनले भने, ‘लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा अध्ययन अवलोकनका लागि सयभन्दा बढी विदेशी पर्यटक दैनिकजसो जाने गरेका छन्।’ 

_x000D_ _x000D_

पर्यटक बढेपछि रसुवाका होटल व्यवसायी उत्साहित बनेका छन्। जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, गोसाइँकुण्ड पदमार्ग र लाङटाङ पदमार्गमा सञ्चालित होटलहरु अहिले पर्यटकले भरिएका छन्।

_x000D_ _x000D_

गाइड र पोर्टर बिना पनि जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको होटल तथा पर्यटन व्यावसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए। उनले भने, ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्, पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन्।’

_x000D_ _x000D_

विदेशी पर्यटकसँगै यो सिजनमा स्वदेशी पर्यटकको आगमन समेत बढेको होटल व्यवसायीहरुले बताएका छन्।  केही वर्ष पहिलेसम्म मेलापर्वको अवसरका मात्र पर्यटक भित्रने गरे पनि अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउन थालेका छन्।

_x000D_ _x000D_

केही वर्षअघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यावसायीले अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन्। विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायीहरुले बताएका छन्। 

_x000D_ _x000D_

चालू आर्थिक वर्षको साउनदेखि असोज २३ गतेसम्म १ हजार ९ सय ६५ जना पर्यटकको आगमन भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। असोजमा मात्रै १ हजार ३ सय १० जना विदेशी पर्यटकको आगमन भएकोे लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

_x000D_ _x000D_

गत वर्ष यो सिजनमा करिब ५५ सय विदेशी पर्यटकको आगमन भएको थियो। यो वर्षको सिजनमा गत वर्षभन्दा बढ्ने निकुञ्जले जनाएको छ। पर्यटकका लागि घुम्न रसुवामा तीनवटा पदमार्ग रहेका छन्। धुन्चे, गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेंसी हुंँदै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्मको पदमार्ग रहेको छ। 

_x000D_ _x000D_

यस्तै नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ। भूकम्पपछि असमान्य भएको स्थानीयवासीको दैनिकी पनि अहिले पुरानो अवस्थामा फर्किएसँगै पर्यटनको प्रवद्र्धनमा केन्द्रित हुँदै गएको छ। भूकम्पअघि वार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा अहिले पर्यटकको आवागमन बढ्न थालेको छ। 

_x000D_ _x000D_

भूकम्पपछि पुनर्निर्माणअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लजको व्यवस्थापन भइसकेकाले पाहुनालाई खानपिन र बसोबासमा कुनै समस्या नआउने व्यवसायीले बताएका छन्। भूकम्प गएको वर्ष पर्यटकको आगमन घटेको थियो। त्यसपछिका वर्षहरूमा पर्यटक आउने क्रम निरन्तर बढ्दै गएको छ।

_x000D_ _x000D_

जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरे पनि असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

_x000D_ _x000D_

स्थानीय तामाङ कला र संस्कृति, निकुञ्ज क्षेत्र भित्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड, तातोपानी, गतलाङ, बृद्धिम होमस्टे, रसुवागढी तथा तामाङ सम्पदा मार्गलगायतका विभिन्न क्षेत्रहरु पर्यटकका लागि प्रमुख आर्कषणको केन्द्र रहेका छन्।
_x000D_