एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले इराकलाई ४–० गोलले पराजित गरेको छ। बिहीबार भएको खेलमा नियमित कप्तान लियोनल मेसी अनुपस्थित थिए। अर्जेन्टिनाका लागि मार्टिनेजले १८, पेरेयाले ५३, पेरेज्जाले ८२ र केर्भीले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
_x000D__x000D_
यता स्पेनले वेल्सलाई ४-१ गोलले हराएको छ। स्पेनका लागि एलकासर ८ र २९ मिनेटमा गोल गरेका थिए। यस्तै सर्जियो रामोसले १९ मिनेट र बार्ताले ७४ मिनेटमा गोल थपे।
_x000D__x000D_
विश्वविजेता फ्रान्सले आइसरल्यान्डविरुद्ध हार टारेको छ। आइसल्यान्डका लागि बिजार्सनले ३० र अनार्सनले ५८ मिनेटमा गोल गरेका थिए। ८६ मिनेटमा इफेन्सनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सले आइसल्यान्डको अग्रता २–१ मा झारेको थियो। खेलको अन्तिम मिनेटमा केलियन एमबाप्पेले ९० मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।