रामेछाप– खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन सुरु भएको छ। अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो।
_x000D__x000D_
अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताइन्।
_x000D__x000D_
गाउँपालिकाले गाँजा नियन्त्रण अभियान पनि जारी राखेको छ। बिहीबार राकाथु क्षेत्रमा गाँजा नियन्त्रण गरिएको थियो।
_x000D__x000D_
चाडपर्वको पूर्वसन्ध्या चलाइएको अभियानले शान्ति सुरक्षामा सहयोग पुग्ने स्थानीयबासीको बुझाइ छ।
_x000D__x000D_
लागूऔषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्षसमेत रहेका उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाको बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणले सामाजिक समस्या सिर्जना गरेपछि अभियान सञ्चालन गरिएको जानकारी दिए।
_x000D__x000D_
अभियानअन्तर्गत गाउँपालिकाको बजार अनुगमनलगायतका काम हुने छ। रासस
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।