काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
_x000D__x000D_
एनआरएनएले निर्माण सुरु भएको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो।
_x000D__x000D_
पार्क निर्माणको जिम्मा स्पेस क्राफ्ट नामक कम्पनीले पाएको थियो। ३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा २ करोड रुपैयाँ खर्च हुने बताइएकामा केही संरचना थप गरिएका कारण लागत २ करोड ४२ लाख ९९ हजार १ सय आठ ४ रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ।
_x000D__x000D_
पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ। पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन्। यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन्।
_x000D__x000D_
शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घन्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन्।
_x000D__x000D_
सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरेका थिए।
_x000D__x000D_
कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले एनआरएनएले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको बताए। हाल अहिले देशमा स्थीर सरकार रहेकोले वैदेशिक लगानीको उपयुक्त वातावरण पनि भएकोले गैरआवासीय नेपालीलाई देश निमार्णमा लगानी गर्न पनि आग्रह गरे।
_x000D__x000D_
यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए।
_x000D__x000D_
अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे।
_x000D__x000D_
कार्यक्रममा संस्थापक अध्यक्ष डा महतो, निवर्तमान अध्यक्ष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनएको सँधै साथ रहने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।