काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका सम्बन्धमा टेलिफोन र इन्टरनेटबाट सूचना प्रवाह गर्ने व्यवस्था मिलाएको छ। विदेश जाने नेपाली कामदारले काम, रोजगारदाता कम्पनी तथा भिसा प्रक्रियाका सम्बन्धमा नेपाल टेलिकमको टोलिफोन सेवा तथा वैदेशिक रोजगार विभागको वेबसाइटबाट सम्पूर्ण जानकारी पाइने व्यवस्था मिलाइएको छ।
_x000D__x000D_
गत असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको ‘फरेन इम्प्लोयमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) मार्फत ‘फरेन जव पोर्टल’ र टेलिफोन सेवाको समेत विकास गरी रोजगार गन्तव्य देशका रोजगारदाता कम्पनी र कम्पनीले दिने सेवा सुविधाका विषयमा पनि अग्रिम रुपमै बुझ्न सकिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
_x000D__x000D_
एफइआइएमएस अनलाइन प्रणालीमा वैदेशिक रोजगार विभागको वेबसाइट http://www.dofe.gov.np अन्तर्गत रहने गरी foreign.dofe.gov.np को विकास गरिएको छ। यस वेबसाइटबाट रोजगारदाता देशका नियोगमार्फत प्रमाणीकरण भएर आएका कामका माग (डिमान्ड)हरुलाई पनि कामदारले अग्रिम जानकारी पाउनसक्ने प्रणाली विकास गरिएको विभागले जनाएको छ।
_x000D__x000D_
सार्वजनिक रुपमै टेलिफोनबाट जानकारी लिने सम्बन्धमा विमागले नेपाल टेलिकमसँग समन्वय गरिरहेको जनाएको छ। केही दिन भित्रनै टेलिकमबाट छुट्टै ‘एक्सटेन्सन नम्बर’को व्यवस्था गरिने पनि विभागले बताएको छ।
_x000D__x000D_
विभागका अनुसार कोही व्यक्ति कतार रोजगारीमा जाने भयो भने, उसले विभागको वेबसाइट अथवा टेलिफोन नम्बरमा कल गरेर कम्पनी कस्तो हो, कति विदेशी कामदार कार्यरत छन्, कम्पनीले कामदारलाई कस्तो सेवा सुविधा दिन्छ? लगायतका विषयमा जानकारी लिन सकिने छ।
_x000D__x000D_
विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठका अनुसार पछिल्लो समय विदेशका रोजगारदाता कम्पनीको कामदार माग संख्या तथा आन्तरिक श्रम बजारभित्र माग गरिएको श्रमिकको संख्यालगायत सम्पूर्ण श्रमसँग जोडिएका विषयलाई पनि अनलाइन प्रणालीमै जोडिएको हो।
_x000D__x000D_
उक्त सेवामार्फत रोजगारदाता देशमा रहेका नेपाली कुटनीतिक नियोगमा रोजगारदाता कम्पनीबाट आएका कामदार मागको सूचना तथा अन्य विवरणसमेतका बारेमा जानकारी लिनसकिने श्रेष्ठको भनाइ छ।
_x000D__x000D_
‘फरेन जव पोर्टल’ र सार्वजानिक टेलिफोन सेवा सञ्चालनमा आएसँगै कामदारले म्यानपावरसम्म धाउने प्रथाको बिस्तारै अन्त्य हुनेमा विभागले विश्वास लिएको छ। योसँगै एजेन्ट र रोजगार व्यवसायीबाट कामदार ठगिने क्रमको पनि अन्त्य हुने विभागको भनाइ छ।
_x000D__x000D_
नेपाल आउने/जाने कामदारको तथ्यांक पनि वेबसाइटमा
_x000D__x000D_
वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्दा संम्बोधन गर्न पनि श्रम मन्त्रालयले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको थियो। ‘एफइआइएमएस’ प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।
_x000D__x000D_
यो अनलाइन प्रणालीमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारको विवरण पनि राख्न सुरु गरिएको छ। गएका दुई हप्तामा करिब १५ हजार स्वदेश फर्किएको तथ्यांक वेबसाइटमा राखिएको छ। विभागका अनुसार यो अवधिमा करिब ९ हजार कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।