एजेन्सी- विगत केही हप्तादेखि बलिउड फिल्म उद्योग यौन दुर्व्यवहारका विषयले तातेको छ। अभिनेत्री तनुश्रीले अभिनेता नाना पाटेकरमाथी दुर्व्यवहारको आरोप लगाएपछि फिल्म उद्योगका अन्य घटनापनि एक पछि अर्को गर्दै बाहिरिन थालेका छन्।
_x000D__x000D_
तनुश्रीले पाटेकारमाथि लगाएको आरोप हालै आएर कानुनी प्रक्रियामा गएको छ। तनुश्रीले मुम्बईको एक पुलिस स्टेसनमा पाटेकारविरुद्ध जाहेरी दर्ता गराईकी छन्। सन् २००८ मा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उनले ४ जनाविरुद्ध जाहेरी दर्ता गराएकी हुन्। फिल्म ‘हर्न ओके’को आइटम गीत सुटिङका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै अभिनेता नाना पाटेकर, कोरियोग्राफर गणेश आचार्य, निर्देशक राकेश सारंग र निर्माता समी सिद्दी विरुद्ध जाहेरी दर्ता गराएकी हुन्।
_x000D__x000D_
यस्ताे छ उनले दिएको जाहेरी, जस्ताको तस्तैः
_x000D__x000D_
सन् २००८ मा निर्देशक सारंग र निर्माता समीले मलाई फिल्मको आइटम गीतमा अभिनयका लागि सम्पर्क गरे। सन् सोही वर्षको मार्च महिनामा एक स्टुडियोमा फिल्मको छायांकन भइरहेको थियो। गणेश आचार्यले भिडियोको कोरियोग्राफी गरिरहेका थिए। सोही समय निर्माता र निर्देशकले फिल्ममा नाना पाटेकर पनि अभिनय गरिरहेका छन् भन्ने खबर मलाई सुनाए। तर गीतमा भने मैले एक्लै अभिनय गर्नुपर्ने थियो। गीतको एक लाइनमा पाटेकरको पनि अभिनय छ तर उक्त दृष्य केही समयपछि छायांकन हुनेछ भनिएको थियो। किनकि, उक्त दृष्यमा मेरो कोरियोग्राफी रहेको छैन। छायांकन सोटमा जानुपूर्वनै मैले स्पस्ट भनेकी थिए कि कुनै पनि अभद्र, अश्लील र असुविधाजनक डान्स स्टेपहरु म गर्दिन। पूर्वयोजना अनुरुप गीतको छायांकन ४ दिनको समयावधिमा सक्नुपर्ने थियो। तर पाटेकरको भने कुनै भुमिका रहने थिएन। छायांकनमा आफ्नो कुनै हिस्सा नहुँदा-नहुदैपनि पाटेकर भने चारै दिन छायांकन स्थलमा थिए।
_x000D__x000D_
छायांकनको चौथो दिन करिब सय जनाको हाराहारीमा फिल्म युनिटका सबै मानिस थियौं। मलाई उक्त समय पाटेकरले गीतका लागि केही स्टेप सिकाउने बाहाना बनाएर मलाई छोए। पाटेकर गीतका कोरियोग्रफर पनि थिएनन् तरपनि उनले मलाई सिकाउने बहाना बनाएर छुन आए। पाटेकरले यतिसम्म गर्दा त्यहाँ भएका सबैजना दर्शक बनेर चुपचाप हेरिरहे। पाटेकरले त्यहाँ भएका सबै कलाकार, कोरियोग्राफरलगायतलाई अन्यत्र जान आग्रह समेत गरे। जुन समय पाटेकरले मेरो अस्मिता माथी चोट पुर्याउन सक्थे।
_x000D__x000D_
मैले तत्कालै कोरियोग्राफर, निर्माता र निर्देशकलाई यो पोल खोलिदिएँ। तर मैले सोचेजस्तो स्थिति त्यहाँ भएन। पछि उल्टै मलाई छायांकन सेटमा बोलाएर पाटेकरसँग केही इन्टिमेट डान्स स्टेप गर्न आग्रह गरियो। उक्त स्टेपका लागि कुनै पूर्व योजना नै थिएन। तर निर्माता, निर्देशक र कोरियोग्राफरले मलाई उक्त इन्टिमेट स्टेप गर्न आग्रह गरिरहेका थिए। यस्तो निर्णय उनीहरुले सुटिङ सेटमै छोटो समयको अविधिमा तय गरेका थिए। तर मलाई पूर्व जानकारी नै थिएन। उनीहरु मलाई पटक–पटक पाटेकरसँग इन्टिमेट स्टेपका लागि दबाब दिइरहेका थिए। मैले यसको विरोध गरिरहेँ।
_x000D__x000D_
मेरो विरोधका कारण उनीहरुले मलाई धम्की समेत दिए। भन्दै थिए कि, मलाई सुटिङ सेटबाट हटाएर मिडिया समक्ष बदनाम गरिदिन्छौं। तर उनीहरुको आग्रह र धम्की नमानी म आफ्नो चेन्जिङ रुमतर्फ गँए। त्यहाँ सबैजना पाटेकरकै समर्थन गरिरहेका थिए अनि मलाई अन्तरंग स्टेप्सका लागि दबाब दिइरहेका थिए।
_x000D__x000D_
मैले मेरा बुबालाई सुटिङ सेटमै बोलाएँ। त्यतिबेलासम्ममा पाटेकर सेट छोडेर त्यहाँबाट बाहिरिसकेका थिए। त्यसपछि भने त्यहाँ सुटिङ नै बन्द गरियो। उतिबेला सेटमा भिड बढेको थियो। जहाँ भारतीय राजनितिक पार्टी महाराष्ट्र नवनिर्माण सेनाका सदस्यको उपस्थिति बाक्लो बनेको थियो। उनीहरु पाटेकरको समर्थनमा नारा लगाउदै थिए। सोही समय उनीहरुले मेरो गाडीमाथि पनि तोडफोड गर्न थाले। यी सबै घटनाका कारण म नजिकैको प्रहरी चौकीमा उजुरी गर्न गएँ तर चौकीले उक्त उजुरीमाथि कुनै सुनुवाई नै गरेन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।