काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीको एकता प्रक्रियाको कार्यसूची प्रभावित भएको छ। गौतमलाई उम्मेदवार बनाउने प्रस्तावसँगै जिल्ला, प्रदेश कमिटीको पूर्णता तथा जनवर्गीय संगठनको एकता प्रक्रिया प्रभावित भएको हो।
_x000D__x000D_
उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक विरोध भएपछि सो विषयमा नेकपाको सचिवालय अनिर्णित भएको छ। साथै शीर्ष नेताबीच आपसी आशंकाको स्थिति समेत पैदा भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित भएका नेकपाका सांसद रामवीर मानन्धरले नेता गौतमका लागि ठाउँ खाली गर्न आफूले राजीनामा दिन तयार रहेकाले स्वीकृतिका लागि नेतृत्वलाई दिएका थिए। यही असोज २२ गतेको सचिवालय बैठकमा एकाएक प्रस्तुत भएपछि अन्य नियमित कार्यसूची प्रभावित भएको छ।
_x000D__x000D_
तल्लो कमिटीसम्म पार्टी एकता विस्तार गर्नुपर्ने र सरकार सञ्चालन तथा समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएका बेला उपनिर्वाचनको सन्दर्भले विषयान्तर भएको थियो। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानन्धरको पत्र सचिवालय बैठकमा प्रस्तुत गरेपछि मात्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सो विषयमा जानकारी पाएका थिए।
_x000D__x000D_
सोमबार पार्टी एकीकरणका विषयमा छलफल हुन नसकेपछि बुधबारलाई बैठक सारिएको थियो। तर बुधबार पनि बैठक नहुने जनाउँदै शनिबारको लागि सारिएको थियो। २७ गतेको लागि डाकिएको बैठकलाई पुनः स्थगन गर्दै दशैंको टीकाको पर्सिपल्टका लागि सारिएको छ।
_x000D__x000D_
सोमबार प्रवक्ता नारायण काजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी गराउने क्रममा रामवीर मानन्धरको राजीनामा बारेमा भने केही बताउन चाहेनन्।
_x000D__x000D_
उपनिर्वाचनका विषयमा अध्यक्ष ओली र दाहालबीच बुधबार भएको भेटवार्तामा समीक्षा भएको थियो। बिहान प्रधानमन्त्रीलाई भेटेका प्रचण्डले अपराह्न एक कार्यक्रममा बोल्दै भने, ‘पार्टीले निर्णय गर्न बाँकी छ, म यति मात्रै भन्न सक्छु, नेकपाको सिट गुम्ने गरी चुनाव हुँदैन।’
_x000D__x000D_
असोज ५ को सचिवालय बैठकले पार्टीका प्रदेश कमिटीका इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेका प्रति वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्टि जनाउँदै आएका छन्। नेपालले महासचिव विष्णु पौडेललाई बुझाएको असहमतिका विषय छलफलका लागि सचिवालयमा प्रवेश पाएको छैन।
_x000D__x000D_
वामदेवको विपक्षमा मत बलियो हुँदै
_x000D_नेकपाभित्रै वामदेवलाई उपनिर्वाचनमा उठाउन नहुने मत बलियो हुँदै गएको छ। सचिवालयमा रहेका नेताहरु नै वामदेवलाई उपनिर्वाचन गराउन नहुने पक्षमा देखिएका छन्। महासचिव पौडेलले उपनिर्वाचनका लागि समयानुकुल नभएको बताएका छन्।
_x000D__x000D_
_x000D__x000D_
नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन आह्वान गर्दै हाल देखिएका विवादका विषयमा अध्यक्ष, वरिष्ठ नेता नेपाल, नेता गौतम र अन्य नेतासँग अलग–अलग अनौपचारिक भेटवार्ता गरेका छन्। सचिवालय बैठकमा गौतमलाई उपनिर्वाचनमा उठाउने विषयले प्रवेश पाएसँगै पोखरेलले आपत्ति जनाएका थिए। नेता पोखरेलले भने, ‘उपनिर्वाचनका विषयमा पार्टीको बैठकमा औपचारिक कार्यसूची बनाई छलफल नै भएको छैन। मानन्धरको पत्र आएको छ। त्यसमा हाल कुनै निर्णय भएको छैन।’ ‘पार्टीको साङ्गठनिक जीवनलाई व्यवस्थित बनाएर एकताको सन्देश देशव्यापी लैजानु अहिलेको आवश्यकता हो। पार्टीको संरचना क्रियाशील नहुँदा पनि सांगठनिक स्थितिमा अस्तव्यस्तता देखिएको छ, यो चाँडै संग्लिएर जान्छ,’ पोखरेलले थपे।
_x000D_
_x000D_पार्टीका अर्का नेता भीम रावल पनि वामदेवले उपनिर्वाचनमा भिड्न नहुने पक्षमा देखिएका छन्।
_x000D__x000D_
प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका गौतमलाई काठमाडौं ७ मा उपनिर्वाचन गराई संसदमा ल्याउन पहल हुन थालेको छ। यसअघि उनलाई बाँके, प्यूठान, दैलेख, डोल्पालगायत जिल्लाका सांसदलाई राजीनामा गराई उपनिर्वाचनमा विजयी गराउने पहल गरिएको थियो। (राससको सहयोगमा)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।