काठमाडौं– दसैं नजिकिएसँगै नयाँ नोटको माग बढ्ने गर्छ। नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गरेर नयाँ नोट निष्कासन गर्दै आएको छ।
_x000D__x000D_
नयाँ नोटको माग दसैं तिहारको बेलामा बढी हुन्छ। यसैबेला नयाँ नोट मैलिने र थोत्रो हुने क्रम पनि बढी हुन्छ। पूजाआजा र टीकाटालोको नाममा नोटमा अबिर, अक्षता, चन्दन, पानी छ्याप्ने प्रचलनले गर्दा चाँडै बिग्रिने गरेको हो।
_x000D__x000D_
यसबाहेक नोटमा नाम लेख्ने, बैंक कर्मचारी र अन्यले गन्दा संख्या लेख्ने, नोटमा ‘स्टिच’ लगाउने जस्ता कार्यले नोट छिट्टै फोहर हुने गरेको छ। एउटा नोट छाप्नका लागि सरकारको २ देखि ४ रुपैयाँसम्म लागत लाग्ने गर्छ। हरेक वर्ष दसैं नजिकिएसँगै अरबौंको नयाँ नोट सटही गर्नुपर्दा राज्यले ठूलै व्ययभार बेहोर्नुपरेको छ। तर, यसको संरक्षण गर्नतर्फ भने आम जनताले खासै चासो दिएको पाइँदैन। जसका कारण नेपाली नोटको आयु औसतमा डेढ वर्ष पनि नाघ्दैन। बैंकिङ प्रणालीमा फर्किएका थोत्रा नोटलाई राष्ट्र बैंकले झुत्रो ठहर्याउँदै नष्ट गर्ने गर्छ।
_x000D__x000D_
नोटको जतन नगर्दा मूलुकले प्रत्येक वर्ष मोटो रकम घाटा व्यहोर्नु परेको नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेरले बताए। भन्छन्, ‘नोट निष्कासन गरेर राष्ट्र बैंकले व्यापार गरे पनि नोटलाई नष्ट गर्दा मुलुकले ठूलो मात्रामा आर्थिक भार व्योहोर्न पर्छ।’
_x000D__x000D_
नोट प्रयोग सम्बन्धमा चेतना बढाउन राष्ट्र बैंकले विभिन्न सार्वजनिक सूचना पनि निकाल्दै आएको छ। केही समय पहिले राष्ट्र बैंकले ‘नोट राष्ट्रकोे पहिचान हो, राष्ट्रको सम्पति हो, नोटलाई हिफाजत गर्नु हाम्रो कर्तव्य हो’ भन्ने नारासहित नोटको प्रयोग गर्दा ध्यान दिन आग्रह गरेको थियो।
_x000D__x000D_
नोटको जतन गर्ने उपायहरु:
_x000D__x000D_
–नोट राख्दा ‘मनी व्याग’ वा ‘पर्स’को प्रयोग गरी नोटको जतन गर्ने बानी बसालौं।
_x000D__x000D_
–नोटमा जथाभावी केरमेट नगरौं, नलेखौं।
_x000D__x000D_
–नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाऔं।
_x000D__x000D_
–नोटलाई कच्याककुच्चुक नपारौं, पोको नपारौं र जमिनमा गाड्ने काम नगरौं।
_x000D__x000D_
–नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझौं र अरुलाई पनि बुझाऔं।
_x000D__x000D_
–पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछोऔं।
_x000D__x000D_
–आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसालौं।
_x000D__x000D_
–बैंकमा चेक तथा एटिएम कार्डहरु प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं।
_x000D__x000D_
–कारोबारको क्रममा शंकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौं।
_x000D__x000D_
नोट फोहोर गर्नेलाई कस्तो कारबाही?
_x000D__x000D_
नेपाल राष्ट्र बैंकले यही भदौ १ गतेदेखि कागजी नोट वा सिक्का जलाउन, केरमेट गर्न, गाल्न, च्यात्न नपाइने व्यवस्था गरेको छ। यदि यसो गरेको भेटिएमा प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।
_x000D__x000D_
प्रमाणसहित उजुरीका आधारमा पनि प्रहरीले कारबाही गर्ने छुट कानुनमा छ। ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ को परिच्छेद २२ मा यस्तो व्यवस्था छ।
_x000D__x000D_
नेपालमा पहिलो पटक नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको हो। यसअघि जाली नोट कसुरमा मात्र जेल चलानसम्म हुने व्यवस्था थियो। नोट फोहोर गर्दा राष्ट्र बैंकको निर्देशन नमानेको आरोपमा कारबाही हुन्थ्यो।
_x000D__x000D_
यही ऐनको व्यवस्थामा टेकेर राष्ट्र बैंकले परिपत्र जारी गरी नेपाली नोटमा केरमेट नगर्न र नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदैं आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।