नेट टिभी मोबाइल एपले सार्वजनिक गर्‍यो दसैं अफर

Nepal Live

काठमाडौं- नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ।

नेट टिभीले दसैंको अवसर पारेर 'चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर' ल्याएको हो। अफर अनुसार एक महिनाको प्रिमियम प्याक खरिदमा अर्को एक महिना सित्तैमा नेट टिभी हेर्न पाइनेछ। 

आफ्ना  मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेन टिभीले दसैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी फिल्मसमेत प्रदर्शन गराउने भएको छ। २४ रुपैयाँ ९९ पैसादेखि नि:शुल्कसम्म  नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु  ग्राहकले  नेटटिभी एपमा मज्जा लिन सक्नेछन।

नेट टिभी नेपालको पहिलो ओटlटी हो। यसबाट लाइभ स्ट्रिमिङ, फिल्म, गीत लगायत १५० च्यानल हेर्न सकिनेछ। नेट टिभी न्यु आइटी भेञ्चरले सार्वजनिक गरेको हो।

न्यु आइटी भेञ्चर कर्पोरेसनले टेलिकोस, आइएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आइपिटिभी र ओटिटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ। एनआइटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ। त्यस्तै विभिन्न समुदाय आधारित ओटिटी, आइपिटीवी प्लेटफर्म र स्वयं आयपिटिभी हेड इन्ड सञ्चाचालन गर्दछ। 

मिडिया, प्रविधि र वित्तीय क्षेत्रका स्थापित व्यक्तित्वहरुद्वारा स्थापित जापान, अमेरिका, सिंगापुर, अस्ट्रेलिया र युरोपमा रहेकाको नेटवर्क सञ्चालन सुविधा तथा काठमाडौँमा एक विकास केन्द्र बनाएर राखेको छ।

एनआइटिभी कर्पोरेसनको प्रस्तुति रहेको करिब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेट टिभी गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार