काठमाडाैं– असोज ८ गते चक्कु प्रहार र एसिड आक्रमणबाट घाइते बसन्ती परियारको परिवारलाई १ लाख ९२ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
_x000D__x000D_
टिचिङ अस्पतालमा उपचाररत बसन्तीका श्रीमान यमनारायण परियार र आमा कल्पनालाई सहयोगस्वरुप प्राप्त रकम हस्तान्तरण गरिएको हो। चार वर्षअघि बसन्तपुरमा एसिड आक्रमणमा परेकी सीमा बस्नेत र संगीता मगरको पहलमा एक लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।
_x000D__x000D_
यस्तै, पूर्व मिस नेपाल मलिना जोशीको पहलमा प्राप्त ९२ हजार रुपैयाँ सहयोग पनि परिवारलाई आजै हस्तान्तरण गरिएको हो ।
_x000D__x000D_
बसन्तीका परिवारको आर्थिक अवस्था कमजोर भएकाले एसिड आक्रमणबाट पीडित सीमा बस्नेत र संगीता मगर, सामाजिक अभियान्त खुश्वु प्रधान, मलिना जोशीलगायतले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग रकम जुटाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।