काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
_x000D__x000D_
पुलिसले बिहीबार भएको खेलमा जवालखेल युथ क्लबलाई १–० गोलले पराजित गरेको हो। पुलिसको जितमा अजित भण्डारी नायक सावित भए। उनले खेलको ३१ मिनेटमा क्रसमा प्राप्त पासमा सुन्दर गोल गरेका थिए। पुलिसले डिबक्स नजिक पाएको फ्रिकिकमा तेज तामाङले अजिकका लागि पास मिलाइदिएका थिए। प्राप्त पासमा अजितले वान टचमा गोल गर्न सफल भए।
_x000D__x000D_
गोलको भिडियो
_x000D__x000D_
_x000D__x000D_
खेलपछि नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले सोचे जस्तो राम्रो फुटबल खेल्न असफल भएको प्रतिक्रिया दिए। तर उनले पहिलो खेलमा ३ अंक प्राप्त गर्नु महत्वपूर्ण भएको बताए।
_x000D__x000D_
लिगमा शुक्रबार पहिलो चरणका अन्तिम २ खेल हुँदैछन्। पहिलो खेलमा विहान ११ बजे हिमालयन शेर्पा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। अपराह्न ३ बजे हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड व्वाइज क्लब भिड्नेछन्।
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।