काठमाडौं– शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख लालबाबुप्रसाद साह ४० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगन्जस्थित उनको क्वार्टरबाट पक्राउ गरेको हो।
_x000D__x000D_
जगरनाथपुर–३ मा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि छुट्टिएको तीन लाख बजेट बैँकबाट निकासाका लागि फुकुवा गर्न भन्दै साहले तीन लाख घुस मागेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारलेको अनुगमनका क्रममा उनी ४० हजार घुससहित पक्राउ परेका हुन्।
_x000D__x000D_
घुसबापतको रकम लिइसकेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित सरकारी निवासबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।