श्रीनगर- भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतंककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
_x000D__x000D_
मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतंककारीहरु नै रहेको बताइएको छ।
_x000D__x000D_
भारत नियन्त्रित सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो। हान्दवारा जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो।
_x000D__x000D_
झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।