संविधान विरोधी तत्वको गतिविधि नियाली रहेका छौं : प्रधानसेनापति

नेपाल लाइभ | २०७५ असोज २५ बिहीबार | Thursday, October 11, 2018 ११:३१:४४ मा प्रकाशित

काठमाडौं– नेपाली सेनाले संविधान विरोधी विखण्डनवादी तत्वहरुको गतिविधिलाई सुक्ष्म ढंगले नियाली रहेको जनाएको छ।

_x000D_ _x000D_

प्रधानसेनापति पूर्णचन्द्र थापाले संविधान विरोधी विखण्डनवादी तत्वहरुले ल्याउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई नेपाली सेनाले सुक्ष्म ढंगले नियाली रहेको बताएका हुन्। बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उनले संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे।

_x000D_ _x000D_

त्यस अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।

_x000D_ _x000D_

प्रधानसेनापति थापाले सरकारको कानुनसम्मत आदेश र निर्देशनहरुको पालना गर्ने दायित्वबाट विचलित नहुने पनि स्पष्ट पारे। उनले नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्न नदिन पनि आफू सचेत रहेको जिकिर गरे। प्रधानसेनापति थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको पनि स्मरण गराए।

_x000D_ _x000D_

प्रधानसेनापति थापाले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणाली स्थापित गराउन आफूले काम सुरु गरेको पनि जानकारी दिए।