दाङ– खाद्य संस्थानले यस वर्ष दसैंका लागि खसी, बोका काठमाडौं नपठाउने भएको छ। ढुवानीमा समस्या भएपछि अन्तिम समयमा आएर खसी, बोका काठमाडौं पठाउन नसकिएको अञ्चल कार्यालय दाङले जनाएको छ।
_x000D__x000D_
केन्द्रीय कार्यालय काठमाडौंले चाडपर्वका लागि यस वर्ष दाङबाट ५ सय खसी, बोकाको माग गरेको थियो। तर, खाद्य संस्थान अञ्चल कार्यालय दाङले खसी–बोका उपलब्ध गराउन नसक्ने जनाकारी दिएको छ।
_x000D__x000D_
‘केन्द्रले दाङबाट ५ सय खसी–बोका काठमाडौं पठाउनु भनी परिपत्र गरेको थियो।’, निमित्त प्रमुख कृष्ण चौधरीले भने, ‘तर, ढुवानीको व्यवस्था नहुँदा हामीले खसी, बोका काठमाडौं पठाउन नसक्ने भयौं।’
_x000D__x000D_
विगतमा सार्वजनिक तथा व्यक्तिगत गाडीबाट खसी, बोका काठमाडौं पठाउने गरेको भएपनि यस वर्ष भने यातायात व्यवसायीले ढुवानी गर्न नमानेको उनले बताए। गाडीमा लैजाँदै गर्दा बाटोमै खसी, बोका मर्ने र त्यो घाटा सम्बन्धित सवारीधनीले व्यहोर्नुपर्ने सर्त भएकाले निजी सवारी धनीले ढुवानी गर्न नमानेको चौधरीले बताए। ‘गत वर्ष पनि हामीले निजी सवारीबाटै पठाएका थियौ, त्यतिबेला ४÷५ वटा खसी, बोका बाटोमै मरेका थिए।’, उनले भने, ‘त्यसको घाटा स्वयम् गाडीवालाले व्यहोर्नुपर्छ, त्यही भएर पनि रिस्क लिन मान्दैनन्।’
_x000D__x000D_
ढुवानीको व्यवस्था नहुँदा यस वर्ष खसी, बोकासमेत खरिद नगरिएको कार्यालयले जनाएको छ। अञ्चल कार्यालयको एउटा गाडी भएपनि त्यसले खाद्यान्न तथा अन्य सामान मात्रै ढुवानी गर्ने गरेको छ।
_x000D__x000D_
गत वर्ष दाङबाट ३ सय ८५ खसी, बोका काठमाडौैं पठाइएको थियो।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।