मिथी, पाकिस्तान- पाकिस्तानी सहर मिथीमा हिन्दुहरुले छिमेकी मुलुक भारतमा झैं निस्फिक्री गाईवस्तु यताउता घुमिरहेका पाइन्छन्। हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने गाइलाई मुस्लिम समुदायका मानिसले पनि सम्मान गर्दछन्। दुबै धर्मका मानिसमा धार्मिक सहिष्णुताकाे अनुशासनले जाेडेको छ। सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायले ठूलै विभेदको सामना गर्नु पर्दछ।
_x000D__x000D_
यहाँ, 'मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,' ७२ वर्षीय शाम दासले बताए, 'उनीहरुले गौहत्या गर्दैनन्। टाढा गाई काटिँदो होला तर यहाँको हिन्दू बसोबास क्षेत्रमा त्यस्तो हुँदैन। हिन्दूले पनि मुस्लिम समुदायका चाड मान्छन्, रमदानको उपवास बस्छन्।'
_x000D__x000D_
_x000D__x000D_
पाकिस्तानका बाँकी ठाउँजस्तो मिथीमा गाईवस्तु काटिन्न। गाईवस्तु यतिकै चरिरहेका हुन्छन्, कहिलेकाहिँ फोहोर पनि खाइरहेको देखिन्छ, र साँझ परेपछि सडक किनारामा त्यतिकै सुतेका भेटिन्छन्।
_x000D__x000D_
कहिलेकाँही यिनै गाईवस्तुका बथानलाई नागबेली बनाउँदै माेटरसाइकल छिचोलेर लैजानु पर्दछ। कहिले त ट्राफिक नै जाम गरिदिन्छन्।
_x000D__x000D_
मिथीमा करीब ६० हजार हिन्दु छन्, र यो आफैंमा अनौठो हो किनभने पाकिस्तानमा करिब ९५ प्रतिशत मुस्लिम समुदाय छन्।
_x000D__x000D_
श्रीकृष्ण मन्दिरमा प्रवेश गर्दा हिन्दुले घण्टी बजाउँछन्। यो आवाज नजिकै बसोबास रहेको मुस्लिम समुदायको अनजानमै मिसिन्छ। हिन्दु युवाहरु आफ्ना घरबाहिर बेफिक्री गफिएर बसेका हुन्छन्। उनीहरुका लागि मुस्लिम समुदायका मानिसबाट कुनै सुरक्षाको आवश्यकता नै छैन।
_x000D__x000D_
_x000D__x000D_
कराँचीमा यही अवस्था देख्न पाइन्न। यहाँको परिस्थिति निकै भिन्न छ। करिब ३ सय किलोमिटर टाढाको कराँचीमा हिन्दुहरुको सुरक्षाका लागि सशस्त्र बलको व्यवस्था गरिएको छ।
_x000D__x000D_
कराँचीमा पूजारी काम गर्ने हिन्दु विजय कुमार गिरले सहरका ३ सय ६० वटा मन्दिरमध्ये केबल एक दर्जनमात्रमा पूजापाठ हुने गरेको बताए। 'बाँकी मन्दिर या त बन्द छन् वा उनीहरुको जमिन हडपिएको छ।'
_x000D__x000D_
पाकिस्तानमा बसोबास गर्ने हिन्दुहरुले ज्यादै बढी सामाजिक कलङ्क व्यहोर्नु परेको विवरण प्राप्त भइरहेका छन्। धर्मकै कारण पाकिस्तानी हिन्दुहरुलाई भारत–समर्थकको आरोप लाग्ने गरेको छ, पाकिस्तान मानवअधिकार आयोग (एचआरसीपी) मार्वी सिरमेदले बताए।
_x000D__x000D_
'त्यसैले, उनीहरुलाई जहिल्यै पाकिस्तान विरोधीको आशंकाका रुपमा हेर्ने गरिन्छ,' उनले भनिन्। भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धका कारण पनि यस्तो आरोप लाग्ने गरेको हो। यी दुई मुलुकबीच सन् १९४७ यता नै तीन पटक युद्ध भइसकेको छ।
_x000D__x000D_
एचआरसीपीले पाकिस्तानी हिन्दुहरुले आफ्नो मुलुकमा असुरक्षित महसुस गरिरहेको बताएको छ। एचआरसीपीको वार्षिक प्रतिवेदनमा भनिएको छ- यदि विभेदजन्य कार्यहरु तत्काल नरोकिए हिन्दुहरुको भारततर्फ आप्रवासन व्यापक रुपमा हुन सक्ने खतरा छ।
_x000D__x000D_
एचआरसीपीका अनुसार धार्मिक नेताहरुको भनाइमा हिन्दु महिला र केटीहरुको जबर्जस्ती धर्म परिवर्तन नै अहिलेको सबैभन्दा ठूलो समस्या हो। हिन्दु महिलाहरुको विवाह हुनुअघि नै अपहरण गरिन्छ, र जबर्जस्ती मुस्लिमसँग बिबाह वा धर्म परिवर्तन गर्न लगाइन्छ।
_x000D__x000D_
तर यस्ता कुनै हर्कत मिथीमा देख्न पाइन्न। यहाँका मुस्लिम र हिन्दुको भनाइमा दुवै समुदाय सहअस्तित्वका आधारमा बसिरहेका छन्। स्थानीयबासीका अनुसार धार्मिक बिदाका दिनहरुमा एक समुदायले अर्को समुदायका मानिसलाई मिठाई र उपहार दिने यहाँ प्रचलन छ।
_x000D__x000D_
'मैले जानेसम्म यहाँका हिन्दु–मुसलमान समुदाय भ्रातृत्व, प्रेम र सामन्जस्यका आधारमा मिलेर बसिरहेका छन्,' ३५ वर्षीय व्यापारी सुनिल कुमारले बताए। 'यो हामीबीच पुस्तौंदेखि चलिरहेको छ, र यो अबका दिनमा पनि हुनु पर्दछ।'
_x000D__x000D_
_x000D__x000D_
मिथीको शान्तिपूर्ण सहअस्तित्वको एउटा कारण सहरको भौगोलिक बनावट पनि हो। यहाँको एउटा सीमा भारतको राजस्थान हो।
_x000D__x000D_
स्थानीय अनुसन्धाताहरुको भनाइमा यो सहर १६औं शताब्दीमा शान्तिप्रेमी हिन्दुहरुले निर्माण गरेका थिए। त्यसबेला सबैतिर युद्ध र लुटपाट चलिरहेको थियो। यहाँको माटो मलिलो थियो, तर पानीको अभाव थियो। 'अहिंसा हाम्रो अर्को जन्मजात गुण हो,' स्थानीयको भनाइ छ।
_x000D__x000D_
तर पाकिस्तानमा धार्मिक कट्टरवाद र घृणा फैलाउने अभिव्यक्ति बढेको छ। धर्मको नाममा आस्था–आधारित हिंसा रोक्नेतर्फ खासै काम भएको छैन, एचआरसीपीले भनेको छ। यही कारण मिथीको सहिष्णु समाज भत्किने खतरा एचआरसीपीले औंल्याएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।