काठमाडौं- नेकपाका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य माधवकुमार नेपालले काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने गरी सुरु भएको प्रक्रिया तत्काल बन्द गर्न सरकारलाई सुझाव दिएका छन्। नेता नेपालको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समिलिते निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा अध्ययन गर्न उपसमिति समेत गठन गरेको थियो। सोही उपमितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग गरेको छलफलमा काभ्रेको नागिडाँडामा विमानस्थल नबाउन सुझाव दिएका हुन्।
_x000D__x000D_
‘कमिसनको खेलमा किन विमानस्थल बनाउने? यो कार्य तत्काल बन्द गर्नुपर्छ’, नेपालले भने,‘जसलाई जहाँ चाहियो त्यही विमानस्थल किन बनाउने?’
_x000D__x000D_
सरकार तथा मन्त्री फेरिए लगत्तै उनीहरुले जे भन्यो त्यहीअनुसार अध्ययनका नाममा किन करोडौं रुपैयाँ खर्च गर्ने परेको भन्दै नेपालले प्रश्न गरेको थिए।
_x000D__x000D_
‘जहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यँही नै आन्तरिक विमानस्थल हुनपर्छ। अन्तर्राष्ट्रिय यात्रुले एक ठाउँमा झरेर आन्तरिक उडानका लागि अर्को ठाउँमा जाने कुरा हुँदैन। आवश्यकता हेरेर विकास गर्नुपर्छ। तर, जसले जे भन्यो त्यहीअनुसार विकास निर्माण सम्भव हुँदैन। विकास विरोधीले नेपालमा ठूला अायोजना सफल हुन नदिएका उदाहरण धेरै छन्। सरकार तथा जनप्रतिनिधि विकासप्रेमी हुनुपर्छ। वातावरणप्रेमी पनि हुनपर्छ’ नेता नेपालले भने।
_x000D__x000D_
तर, केपी ओली सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने काभ्रेको नागिडाँडामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा काभ्रेकाे नागिडाँडामा अान्तरिक विमानस्थल निर्माण प्रक्रिया थालनी गरिसेकेका छन्। नेता नेपालले भने 'कसैलाई उदयपुरमा विमानस्थल चाहिएला, कसैलाई अन्तै कतै चाहिएला, जहाँ चाहियो त्यही निर्माण गर्नु उचित होइन'।
_x000D__x000D_
_x000D__x000D_
तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दबाबमा काभ्रेको नागिडाँडामा निर्माण गर्न लागिएको आन्तरिक विमानस्थलका लागि नियम विपरीत २५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। प्राधिकरणले एक करोड रुपैयाँ विनियोजन गर्न लागको अवस्थामा मन्त्रालयले अध्ययन नै नभएको विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ विनियोजन गर्न दबाब दिएको थियो। विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि भन्दै २५ करोड रुपैयाँ विनियोजन बताउँदै आएको छ।
_x000D__x000D_
विमानस्थल निर्माणका लागि विनियोजन गरेको रकम प्राधिकरण बोर्ड बैठकबाट पारित भइसकेको छ। तर, आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा विस्तुत अध्ययन नभएको र वातावरणीय प्रभाव मूल्यांकन समेत नभएका आयोजनालाई बजेट विनियोजन नगरिने उल्लेख छ।
_x000D__x000D_
प्राधिकरणले भाद्र ३ गते आयोजना गरेको बजेट अन्तक्रिया कार्यक्रममा समेत पत्रकारहरुले नागिडाँडा विमानस्थलको लागि विनियोजित रकमको विषयमा उठाएपछि प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले मन्त्रालयको निर्देशनपछि विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ रकम विनियोजन भएको स्वीकार गरेका थिए। तर, प्राधिकरणले विमानस्थल निर्माण सम्भावता अध्ययन गरेर मात्रै आवश्यक जग्गाको मुआब्जा रकम वितरण गर्ने गौतमले बताएका थिए।
_x000D__x000D_
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरणका लागि वैकल्पिक आन्तरिक विमानस्थल आवश्यक रहेको हुँदा आफूहरु सोहीअनुसार अगाडि बढेको भनाइ उनको थियो। तर, रकम विनियोजन भएको छ भन्दैमा प्राधिकरणले जथाभावी रकम वितरण नगर्ने गौतमले स्पष्ट पारेका थिए। जबकी, देशको हवाई क्षेत्र सुधारका लागि मन्त्री रवीन्द्र अधिकारी आफैंले सुझाव लिनका लागि भन्दै गठन गरेको विज्ञ समूहले पनि पाँच वर्षभित्र कुनै पनि आन्तरिक विमानस्थल निर्माण गर्न आवश्यक नरहेको सुझाव दिइसकेको अवस्थामा फेरि नेपालले पनि विमानस्थल निर्माणको प्रक्रिया तत्काल बन्द गर्ने सुझाव दिएका हुन्।
_x000D__x000D_
त्यति मात्र होइन विज्ञ समूहले निर्माण चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो। अहिले सञ्चालनमा रहेका ३० मध्ये ७ वटा मात्रै विमानस्थल नाफामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।