काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उप–समितिले दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको उप–समितिको बैठकले आगामी कात्तिक ४ गते निजगढ विमानस्थलको स्थलगत अध्ययनमा जाने निर्णय गरेको हो।
_x000D__x000D_
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित उप–समितिमा सांसदहरु चाँदतारा कुमारी, दिव्यमणिराज चण्डारी, दिपप्रकाश भट्ट, निर्जला राउत छन्।
_x000D__x000D_
विमानस्थलको डिपिआर तयार नहुँदै निर्माण स्थलमा पर्ने रुख काट्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन मन्त्रालयबीच सहमति भएको थियो। आयोजनाको निर्माण कार्य सुरु नहुँदै रुख काट्न लागिएको भन्दै आलोचना भएपछि सोको छानबिनका लागि उप–समिति गठन गरिएको थियो।
_x000D__x000D_
हाल तोकिएको स्थानमा केही हेरफेर मात्रै गर्दा पनि धेरै रुखहरु काट्न नपर्ने तर्कसमेत उब्जिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।