दिइयो मदन र जगदम्बाश्री पुरस्कार

Nepal Live

तस्बिर : निमेष जंग राई


काठमाडौं– उपन्यासकार नीलम कार्की ‘निहारिका’लाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिएको छ। गत भदौ ११ गते भएको निर्णयअनुसार अाज राजधानीमा एक कार्यक्रमकाे अायाेजना कार्कीलाई मदन पुरस्कार प्रदान गरिएको मदन पुरस्कार गुठीले जनाएको छ। उपन्यास ‘योगमाया’का लागि कार्कीले मदन पुरस्कार प्राप्त गरेकी हुन्।

प्राप्त २ सय ५३ पुस्तकहरुमध्ये गुठीले पुरस्कारका लागि आठ पुस्तकहरु छनोट गरेको थियो। जसमा ‘योगमाया’सहित नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, ध्रुवसत्य परियारको ‘कैरन’, मोहन वैद्यको ‘हिमाली दर्शन’, यज्ञशको ‘भुइयाँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ सूचीमा परेका थिए।

सोही अवसरमा बाल साहित्यमा लामो समयदेखि सक्रिय शान्तदास मानन्धरलाई यस वर्षको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा ५ दशकदेखि समर्पित रहको जनाउँदै गुठीले मानन्धरलाई जगदम्बाश्री प्रदान गरेको हो।

वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार सर्वप्रथम २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भिमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘आदिकविभव स्थिर विद्युत उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो।

२०४५ मा जगदम्बा रानीको निधनपछि उनकै स्मृतिमै जगदम्बाश्री पुरस्कारको स्थापना गरिएको हो।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत