काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत ललितपुर डर्बीमा थ्रीस्टार क्लबले फ्रेन्ड्स क्लबलाई २–१ गोलले पराजित गरेको छ। लिगमा विजयी सुरुवात गरेको थ्रीस्टारका रन्जन विष्ट र बुद्ध चेमजोङले गोल गरे।
_x000D__x000D_
रन्जनले १४ मिनेटमा गोल गरेर थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाए।
_x000D__x000D_
८१ मिनेटमा बुद्ध चेमजोङले एकल प्रयासमा उत्कृष्ट गोल गर्दा थ्रीस्टार २–० गोलले अघि बढ्यो। उनले मध्य भागबाट अघि बढाएर लगेको बललाई रोक्न फेन्ड्सका बंगाली गोलकिपर करिमले रोक्ने कुनै मौका नै पाएनन्। उनी खेलको म्यान अफ दि म्याच घोषित भए।
_x000D__x000D_
_x000D__x000D_
खेल सकिन २ मिनेट बाँकी छदा फ्रेन्ड्सका विकास लामाले गोल गर्दै थ्रीस्टारको अग्रता २–१ मा झारे। तर त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा उनको गोल सान्त्वनामै सीमित बन्यो।
_x000D__x000D_
खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले लिगमा विजयी सुरुवात गर्दा खुसी लागेको बताए। उनले दोस्रो चरणको खेलका लागि अझ राम्रो तयारी गरेर आउने बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।