एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चनको साउथ इन्डियन फिल्मको 'डेब्यु लुक्स' बाहिरिएको छ। अमिताभको जन्मदिनका अवसरमा सार्वजनिक मोसन पोष्टरमा उनको नयाँ अवतार देख्न सकिन्छ।
_x000D__x000D_
लामो र फुलेको दाह्री कपाल अनि रातो टीकामा ठाँटिएका अमिताभको लुक्स भिन्न देखिन्छ। सुपरस्टार चिरञ्जीवी प्रमुख भुमिका रहेको फिल्ममा अभिनेता अमिताभ अतिथि भुमिकामा देखिने भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
_x000D__x000D_
‘सई रा नरसिम्हा रेड्डी’ नाम रहेको फिल्ममा सेनानी यू नरसिम्हा रेड्डीको जीवन कथालाई समेटिएको छ।
_x000D__x000D_
फिल्ममा अमिताभ बच्चनको कस्तो भूमिका रहेको छ उक्त बिषय पनि बाहिरिएको छ। उक्त बिषयलाई अभिनेता अमिताभ आँफैले खोलेका हुन्। उनले आफ्नो ब्लगमा लेखेका थिए, ‘इतिहासको सबैभन्दा बहादुर भूमिका निभाउँदै छु।’
_x000D__x000D_
तेलुगू, तमिल, कन्नड र मलया गरी चार भाषामा रिलिज हुन लागेको सो फिल्ममा ‘सई रा नरसिम्हा रेड्डी’ निर्देशक छन्।
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।