काठमाडौं– फिल्म ‘रणवीर’काे मोसन पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा दुई कलाकारद्वय प्रशान्त ताम्राकार र सुशिल सिटौलालाई नयाँ अवतारमा प्रस्तुत गराइएको छ।
_x000D__x000D_
गोविन्द सिंह भण्डारीको कथा,संवाद तथा निर्देशन रहेको फिल्मलाई दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निमार्ण गरेका छन्। सुशिल र प्रशान्तसँगै हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी, रवी गिरी , जीवन भट्टराई , वसन्ती भट्ट लगायतको अभिनय रहेको फिल्ममा कलाकार शुभेच्छा खड्का र सुपुश्पा भट्टको डेव्यु अभिनय देख्न सकिने छ।
_x000D__x000D_
महेश पौडेलको छायांकन तथा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहने फिल्म आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउने छ।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।