काठमाडाैं– गैरआवासीय नेपाली संघले विज्ञ भेला र विधान सभा गर्ने भएको छ। विधान र विज्ञ सम्मेलन शुक्रबारदेखि शुरु हुने भएको छ। संसारभर रहेका गैरआवासीय विज्ञ नेपालीको सम्मेलन संघले शनिबार गर्न लागेको हो।
_x000D__x000D_
प्रवासमा सिकेको सिपलाई नेपालमा प्रयोग गर्नका लागि विज्ञहरुले विषयगत कार्यपत्र पेस गर्ने बताइएको छ। सम्मेलनमा ८० विज्ञले डेढ सय बढी कार्यपत्र प्रस्तुत गर्नेछन्। उक्त अवसरमा जलविद्युत, पर्यटन, कृषि, यातायात, वातावरण लगायतका विषयमा कार्यपत्र पेस हुने जनाइएको छ। विदेशको सिपको नेपालमा उपयोगका लागि विज्ञहरु र नीति निर्माताबीच अन्तर्क्रिया हुने जनाइएको छ।
_x000D__x000D_
संघको विधानको दफा २९ को उप दफा ३ ले तोकेबमोजिम विधान सभामा प्रतिनिधिहरु उपस्थित हुने संघका महासचिव डा बद्रि केसीले जानकारी गराए। विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेका अन्य १० गैरआवासीय नेपाली पनि विज्ञका रुपमा सहभागी हुने बताइएको छ।
_x000D__x000D_
विधान सभामा सहभागी हुनेहरु विज्ञ सम्मेलनमा पनि उपस्थित हुने बताइएको छ। विधानमा रहेको तीन उपाध्यक्षलाई बढाएर पाँच पुर्याउने जनाइएको छ भने कार्यसमितिको कार्यकाल तीन वर्ष बनाइने भएको छ। हालको विधानमा प्रत्येक दुई वर्षमा संघको विश्व सम्मेलन हुने व्यवस्था छ। साथै, संघको शाखा देशहरुबाट विश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधीहरुको व्यवस्थामा परिमार्जन गर्न लागिएको छ।
_x000D__x000D_
समायानुसार संघको विधानलाई परिमार्जन गर्नु परेकोले विधान सम्मेलन गर्न लागिएको संघका अध्यक्ष भवन भट्टले जानकारी गराए।
_x000D__x000D_
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्नेछन्। सम्मेलन सोल्टी होटलमा हुन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।