एजेन्सी– इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूलाई फसाउने नियतले यौन शोषणको आरोप लगाइएको बताएका छन्। रोनाल्डोले बनावटी दस्तावेज बनाइएको पनि दाबी गरेका छन्।
_x000D__x000D_
३३ वर्षीय सुपरस्टार रोनाल्डोमाथि पूर्व मोडल काथरिन मायोर्गाले सन् २००९ मा अमेरिकाको लास भेगासको एक होटलमा शौन शोषणको आरोप लगाएकि थिइन्।
_x000D__x000D_
तर रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले सबै आरोपको खण्डन गर्दै सार्वजनिक गरिएका तथ्यहरु बनावटी भएको बताएका छन्। रोनाल्डोले सुरुवातमा आएका खबरलाई गलत समाचार भनेर खण्डन गरेका थिए। साथै खबर छाप्ने म्यागेजिनविरुद्ध मुद्दा हाल्ने समेत बताएका थिए।
_x000D__x000D_
रोनाल्डोका वकिल क्रिस्टयनसेनले मिडिया गैरजिम्मेवार रुपमा प्रस्तुत भएको पनि आरोप लगाएका छन्।
_x000D__x000D_
यसअघि ३४ वर्षीया मायोर्गाले लास भेगास प्रहरीमा मुद्दा दिएकी थिइन्। तर रोनाल्डोका वकिलले विश्वका चर्चित व्यक्तिमाथि आरोप लगाएर मिडियामा छाउने उद्देश्यले समाचारहरु आइरहेको बताए। उनले यस्ता आरोपबाट रोनाल्डो दिक्क भएको समेत बताए।
_x000D__x000D_
रोनाल्डोविरुद्ध लागेको आरोपमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ। तर रोनाल्डोले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको पटकपटक बताइरहेका छन्। “मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन् “बलात्कार घृणित अपराध हो ।”
_x000D__x000D_
तर क्याथरिनका वकिलले भने यौन शोषण विषयमा केस अघि बढ्ने दाबी गरिरहेका छन्। उजुरीमा क्याथरिनले रोनाल्डोलाई रोक्ने क्रममा 'नो' र 'स्टप' भनेको उल्लेख गरिएको छ। सन् २००९ को जुनमा लास भेगासको एक होटलमा रोनाल्डो र क्याथरिनले सँगै रात बिताएको दावी गरिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।