काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको भूमिका समाजमा पृथक र उदाहरणीय हुन जरुरी भएको बताएका छन्।
_x000D__x000D_
६३ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीको जिम्मेवारी समाजमा अरुको भन्दा बढी र पृथक भएकाले सर्वसाधारणको विश्वास जित्ने गरी सेवा गर्नुपर्ने बताएका हुन्।
_x000D__x000D_
प्रहरीले ९० प्रतिशत अपराध पत्ता लगाउन सफल भए पनि केही मुद्धामा असफल भएमा यसलाई भरपुर गर्न सजिलो नभएको बताए।
_x000D__x000D_
प्रधानमन्त्री ओलीले समृद्धिको पहिलो आधार नै शान्ति सुरक्षा भएको हुनाले प्रहरी यसमा उत्तरदायी हुनुपर्नेमा जोड दिए। ‘हामी राजनीतिक उथलपुथलबाट नयाँ चरणमा छौँ, सुखी नेपाली समृद्ध नेपालको अभियानमा गएका छौँ,’उनले भने, ‘यसलाई कायम राख्नको लागि प्रहरीको ठूलो उत्तरदायित्व छ।’
_x000D__x000D_
उनले नेपाल प्रहरी पहरेदारको रुपमा स्थापित भएको र सशस्त्र दन्द्धमा मुलुक गुज्रँदा सीमित स्रोतबाट प्रहरीले देशप्रेम वीरता दर्शाएको भन्दै प्रशंसा गरे।
_x000D__x000D_
मुलुक संघीयतामा गइसकेकाले स्थानीय तहको चुनाव शान्तिपूर्वक सम्पन्न गराउन पनि प्रहरीको ठूलो योगदान रहेकोमा खुसी व्यक्त गरे।
_x000D__x000D_
पछिल्लो समय विज्ञान र प्रविधिको कारण प्रहरीमा चुनौती बढेको हुँदा यसका निम्ति चनाखो हुन आग्रह गरे।
_x000D__x000D_
उनले भने,‘विज्ञान र प्रविधिको युगमा प्रविधिले निम्त्याएका अपराध नयाँ स्वरुपमा वृद्धि भएका छन्। यसमा प्रतिवद्ध भएर मिसनमा लाग्न म आग्रह गर्छु।’
_x000D__x000D_
प्रहरीको जिम्मेवार धेरै र महत्वपूर्ण भएको हुँदा प्रशासनलाई सुदृढ र शक्तिशाली संगठन बनाउन सरकारले ध्यानाकर्षण गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।