वैतडी– स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसके पनि बैतडीका स्थानीय तहले अझै पनि आफ्ना भवन निर्माण गर्न सकेका छैनन्।
_x000D__x000D_
धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ।
_x000D__x000D_
जिल्लाको दशरथचन्द नगरपालिकाको आफ्नै भवन छ भने सिगास र शिवनाथ गाउँपालिकाको भवन निर्माण भएसँगै तीन स्थानीय तहसँग आफ्नै भवन भएका छन्।
_x000D__x000D_
जिल्लाका सात स्थानीय तह अझै पनि भाडाका भवनमा कार्यालय सञ्चालन गरिरहेका छन्।
_x000D__x000D_
नगरपालिकाकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले बताएका छन्।
_x000D__x000D_
जिल्लाको मेलौली, पुर्चौडी र पाटन नगरपालिकाका साथै अन्य गाउँपालिकामा पनि भवन अभाव छ।
_x000D__x000D_
भवन अभावमा नगरपालिकाभित्र शाखाहरू नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।
_x000D__x000D_
जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।