परासी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
_x000D__x000D_
उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो।
_x000D__x000D_
दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ।
_x000D__x000D_
शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिए।
_x000D__x000D_
नेकपा पश्चिम नवलपरासीको कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकामा पार्टी गतिविधि सञ्चालन गर्न, जिल्ला तहको भौतिक सम्पत्ति अभिलेख तयार गरी एकीकरण गर्न र जिल्ला मातहतका कमिटीको एकतालाई पूर्णताका लागि सुझाव दिन समितिले निर्देशन दिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।