नैरोबी– चीनमा बनेका मोबाइल फोन सेटहरू केन्याका ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय भएको पाइएको छ।
_x000D__x000D_
धेरै प्रकारका कामहरू गर्न मिल्ने बहुउपयोगी र सस्तो भएकाले गाँउ–गाँउमा चिनियाँ मोबाइल फोन लोकप्रिय भएको बताइएको छ।
_x000D__x000D_
ती मोबाइल फोनहरूमा रेडियो सुन्न मिल्ने, अध्याँरोमा बत्ती बाल्न मिल्ने, सामान्य फोटो खिच्न मिल्ने, इन्टरनेट चलाउन मिल्नेलगायतका सुविधा रहेका छन्।
_x000D__x000D_
ग्रामीण क्षेत्रमा फेरो, छि तिगी, छिङलगायत नामका मोबाइल फोनहरू धेरैले प्रायेग गर्ने गरेको बताइएको छ।
_x000D__x000D_
यी मोबाइल फोनहरू ८ देखि २५ अमेरिकी डलरसम्ममा पाइने र त्यो गाँउलेहरूको आम्दानी सुहाउँदो भएको समाचारमा जनाइएको छ।
_x000D__x000D_
केन्याका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी न्यून रहेको छ। त्यसैले उनीहरूमध्ये अधिकांशले महङ्गो पर्ने मोबाइल फोनहरू भने नकिन्ने गरेको अधिकारीहरूले बताइएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।