काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ७ को उपनिर्वाचनमा उम्मेदवारको रुपमा सहभागिता नजनाउने स्पष्ट पारेका छन्।
_x000D__x000D_
आज एक ट्विट गर्दै नेता शर्माले झापामा चुनाव हारेकाले आफू काठमाडौंमा उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन्।
_x000D__x000D_
यसअघि नेकपाका सचिवालय सदस्य बामदेव गौतमलाई संसदमा जाने बाटो खुल्ला गर्न भन्दै काठमाडौं ७ का निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीमा सांसद पदबाट राजिनामा दिएको पत्र बुझाएका थिए। सोपश्चात् काठमाडौं ७ को उपनिर्वाचनमा कांग्रेसका तर्फबाट शर्माले चुनाब लड्ने चर्चा चलेकाे थियो।
_x000D__x000D_
आफूप्रति जताइएको शुभेच्छाका लागि आभार प्रकट गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘व्यक्तिले शक्तिको खोजी गरिरहँदा राजनीतिक संस्कृतिको पाटो र बाटोलाई भुल्न मिल्छ र?’
_x000D__x000D_
_x000D__x000D_
गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा शर्मा झापा क्षेत्र नम्बर १ बाट नेकपा नेता राम कार्कीसँग पराजित भएका थिए।
_x000D__x000D_
हाल उपनिर्वाचनका लागि शर्मासँगै विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलगायतको समेत चर्चा सुनिएको छ।
_x000D__x000D_
यसअघि नेकपा नेता गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। उनलाई सांसद बनाउने भन्दै यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायत जिल्लाका नेकपाका सांसदहरुलाई राजीनामा गराउने प्रयास गरिएकाे थियो। तर, कुनै पनि क्षेत्रका सांसदहरुले राजीनामा दिन नमानेपछि अन्ततः काठमाडौं ७ का निर्वाचित सांसद मानन्धर सांसद पद त्याग्न राजी भएका थिए।
_x000D__x000D_
सोसँगै एक जना व्यक्तिको लागि शक्तिको आडमा लोकतन्त्रको उपहास गरिएको तथा उपनिर्वाचनका नाममा राज्यलाई व्ययभार थप्न नहुने भन्दै सामाजिक सञ्जालमा तीव्र असन्तुष्टिसमेत जनाइएको छ।
_x000D__x000D_
याे पनि पढ्नुस्:
_x000D__x000D_
वामदेवलाई किन सदनभित्र लैजान चाहन्छन् प्रचण्ड?
_x000D__x000D_
रामवीर भन्छन्– बामदेव संसदमा पुग्नु गौरवको कुरा हो, तीव्र विकास हुन्छ
_x000D__x000D_
गौतम विरुद्धमा सामाजिक सञ्जाल : ‘बामदेव नभए पार्टी लुलो हुन्छ, बामदेव भए पार्टी धुलो हुन्छ’
_x000D__x000D_
बामदेवलाई हराएका सञ्जय भन्छन्– म भएको भए त्यस्तो चेष्टा गर्ने थिइनँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।