घटस्थापनासँगै सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा भक्तजनको घुइँचो

दिनेश शर्मा | २०७५ असोज २४ बुधबार | Wednesday, October 10, 2018 १५:०९:०६ मा प्रकाशित

राजविराज– कलश स्थापना तथा जमरा राखेसँगै बुधबारबाट औपचारिक रुपमा दसैं सुरु भएको छ। हिन्दु धर्मावलम्बीहरुले प्रत्येक आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना पर्व मनाउँछन्।

_x000D_ _x000D_

घटस्थापनासँगै सप्तरीको प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको छ। अन्य दिनको तुलनामा बुधबार दर्शनार्थीको संख्या बढेको मन्दिरका पीठाधिस महाकान्त ठाकुरले बताए। दसैंको फूलपातीदेखि टिकासम्म हरेक दिन मन्दिरमा भक्तजनको भिड रहने उनको भनाइ छ।

_x000D_ _x000D_

मुलुकका प्रशिद्ध शक्तिपीठहरु मध्ये एक मानिएको सखडेश्वरी भगवतीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरमा नेपालका अतिरिक्त भारतको दिल्ली, कलकत्ता लगायतका स्थानबाट समेत दर्शनार्थीहरु दर्शन तथा पूजापाठका लागि आउने गरेका छन्। यसैगरी आफ्नो मनोकामना पूरा भएपछि बलि दिन आउनेहरुको पनि यस मन्दिरमा वर्षेनी भिड लाग्ने गरेको पीठाधिस ठाकुरले बताए।

_x000D_ _x000D_

सदरमुकाम राजविराजवाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमा नजिकै रहेको यस मन्दिरमा बोका, भेडा, परेवा, हाँस, माछालगायतको बलि दिने गरिन्छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

दसैंलाई मध्यनजर गर्दै मन्दिरमा रंगरोगन, सरसफाइ तथा सजावट गरिएको छ। पिउने पानी, शौचालय, रात बिताउनेका लागि उपयुक्त बासस्थानको समेत मिलाइएको उनले जानकारी दिए।

_x000D_ _x000D_

मन्दिरको इतिहास

_x000D_ _x000D_

करिब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए। तर वि.सं. १९९० सालको भूकम्पमा भत्किएकोले त्यस बेलाका पूजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए। त्यसपछि २०२८ सालमा तत्कालीन भारतीय रेलमन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीन कोठे धर्मशाला पनि बनाउन लगाएका थिए।

_x000D_ _x000D_

यसैगरी, २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग गर्दै भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराएको पीठाधिस ठाकुर बताउँछन्।

_x000D_ _x000D_

प्राचीन इतिहास र किम्वदन्तिअनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आइपुगेका थिए। उनले सिम्रौनगढ (बारा)मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए।

_x000D_ _x000D_

त्यसबेला जङ्गलले ढाकिएको यस स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।