राष्ट्रिय टिमबाट खेलेको ६ वर्षपछि विमल घर्तीमगरले गरे ‘ए’ डिभिजन लिगमा डेब्यू

नेपाल लाइभ | २०७५ असोज २४ बुधबार | Wednesday, October 10, 2018 १४:५३:५४ मा प्रकाशित

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका छन्। विमलले राष्ट्रिय टिममा डेब्यू गरेको ६ वर्षपछि ए डिभिजन लिग खेल्ने अवसर पाएका हुन्। 

_x000D_ _x000D_

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल  ‘ए’ डिभिजन लिगमा बुधबार नवप्रवेशी क्लब च्यासल युथ क्लबबाट मच्छिन्द्र क्लबबिरुद्ध खेल्दै  डेब्यू गरेका हुन्। अन्तिम समयमा च्यासलमा अनुबन्धित भएका विमलको ए डिभिजनमा डेब्यू भने सुखद रहन सकेन। उनको क्लब च्यासललाई मच्छिन्द्रले गोलरहित बराबरीमा रोक्यो। खेलमा च्यासलका हेमन्त थापामगरले पेनाल्टीमा गोल गर्न असफल भएका थिए। 

_x000D_ _x000D_

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । १४ वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन्। उनले सन् २०१२ देखि अहिलेसम्म २६ क्याप जितिसकेका छन्। 

_x000D_ _x000D_

विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो। राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए।