काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्ने निश्चित भएको बताएको छ।
_x000D__x000D_
एनआरएनएका अध्यक्ष भवन भट्टले बुधबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसँगको भेटमा पूर्वाधार विकास कोष कम्पनी मोडलमा स्थापना गर्न सरकार सकारात्मक रहेको जानकारी दिए। एनआरएनएले वैदेशिक रोजगारीमा गएका नेपाली र सानो स्तरमा लगानी गर्ने गैरआवासीय नेपालीलाई भन्दै १० अर्ब रुपैयाँको पूर्वाधार विकासका लागि ‘इन्भेस्टमेन्ट’ कम्पनी खोल्ने र शेयर जारी गर्न दिन सरकारसँग अनुरोध गर्दै आएको थियो।
_x000D__x000D_
उनले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेबोनको साझेदारीमा कोष स्थापना गर्ने निश्चित भएको बताएका हुन्।
_x000D__x000D_
यस्तै, एनआरएनएले यही असोज २६, २७ र २८ गते तीन दिन विज्ञ सम्मेलन गर्ने भएको छ। विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्ने अभिप्रायले सम्मेलन आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघले बताएको छ।
_x000D__x000D_
विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाउँदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। सम्मेलनमा भारत, इटली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशबाट विदेशी विज्ञहरुले भाग लिने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।
_x000D__x000D_
सम्मेलनमा नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच छलफल र द्विपक्षीय परामर्श बैठक पनि हुने गैर आवासीय नेपाली संघले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।