काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीलाई ५५ वटा मोटरसाइकल हस्तान्तरण गरेका छन्।
_x000D__x000D_
उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थालाई चुस्त बनाउने मुख्य उद्देश्यका साथ बुधबारबाट ट्राफिक पुलिस र्यापिड स्क्वाड (टिआरएस)का लागि ५५ वटा मोेटरसाइकल हस्तान्तरण गरेका हुन्।
_x000D__x000D_
महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त टोली परिचालनको शुभारम्भ गर्दै ट्राफिक प्रहरी र जनपद प्रहरीले एकापसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।
_x000D__x000D_
ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रचलित कानुन अनुसार कसूरको आधारमा मात्र कारबाही गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो व्यवहार, बोलीवचन एवम् कार्यशैलीको उत्कृष्ट प्रदर्शन गर्नुपर्ने समेत बताए। कुनै पनि स्थानमा घटना भएको खबर प्राप्त हुनासाथ तत्कालै पुगी टिआरएसमा खटिएका प्रहरीले आफ्नो दक्षता र क्षमताको उच्च प्रदर्शन गरी इमान्दारिता र लगनशिलताका साथ दिएको जिम्मेवारी निर्वाह गर्नसमेत उनले निर्देशन दिए।
_x000D__x000D_
कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले टिआरएस सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनिकरण गर्नुका साथै शान्ति सुरक्षामा खलल पार्ने घटना र क्रियाकलापहरु नियन्त्रण गरी प्रभावकारी प्रहरी सेवा अभिबृद्धि गर्न टिआरएस परिचालन भएको जानकारी दिए।
_x000D__x000D_
उपत्यकाको ३ जिल्लालाई १० वटा क्षेत्रमा विभाजन गरी ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त टिआरएस एक महिनाको अवधिसम्म परिचालन हुने महाशाखाले जनाएको छ। जसअन्तर्गत काठमाडौंमा ६ वटा तथा ललितपुर र भक्तपुरमा २/२ वटा क्षेत्र रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।