काठमाडौं– देशभरकै प्रहरी कार्यालयले दसैं, तिहार र छठ पर्वलक्षित गरी विशेष योजना लागू गरिसकेका छन्।
_x000D__x000D_
विशेष सुरक्षा योजना अन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटिने प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार दसैंलाई सुरक्षित बनाउन देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटिएका छन्। त्यसैगरी, २ हजार ७ सय १६ जना ट्राफिक खटिएका छन् भने १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
_x000D__x000D_
चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेकाले अपराध नहोस् भन्दै प्रहरीले निगरानी सुरु गरेको छ। प्रहरीको एकल प्रयास मात्रै अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नारिकलाई सहयोग गर्न अपिल गरेका छन्।
_x000D__x000D_
चाडपर्वमा हुने अपराध रोक्न तथा न्यूनीकरण गर्न प्रहरीले उपत्यकाका नागरिकलाई यस्तो आग्रह गरेको छ।
_x000D__x000D_
१. आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको नाम, थर र वतन र फोटोका साथै स्थाई ठेगाना लिई राख्नुहोस्।
_x000D_२. रातको समयमा आफ्नो घर, टोलमा हो–हल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरूको गतिविधि देखमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_३. जुवा, तास, ढुकुटी खेल्ने र खेलाउनेको जानकारी प्रहरीलाई दिनुहोस्।
_x000D_४. टोल छिमेकमा नौलो वा असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्ने बानी बसाल्नुहोस्।
_x000D_५. सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।
_x000D_६. लागुऔषध, नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_७. जीवन अमूल्य छ, मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं।
_x000D_८. छतमा चढेर यात्रा नगरौ, सडकको दाँयाबाँया जथाभावी पार्किङ नगरौ, ट्राफिक नियमको सधैं पालना गरौं।
_x000D_९ं अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुराको सेवन नगर्नुहोस्। आफ्नो बालबच्चालाई पनि सेवन गर्नु हुन्न भनी सिकाउनुहोस् तथा अपरिचित व्यक्तिलाई झट्ट विश्वास नगर्नुहोस्।
_x000D_१०. रातको समयमा कोही कसैले ढोका ढक्ढकाएमा नचिनी ढोका नखोल्नुहोस्।
_x000D_११. आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाईदिनु भई सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस्।
_x000D_१२ं. बैंक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा तथा ठूलो नगद कारोबार गर्न जाँदा सुरक्षित तबरले विश्वासिलो मानिसलाई साथमा लिई जानुहोस्। साथै कुनै शंकास्पद गतिविधि खतरापूर्ण लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_१३. चोरी, डकैती, लुटपाट, डाका र गुन्डागर्दी गर्ने व्यक्तिको सूचना प्राप्त हुनासाथ गोप्य रुपमा प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_१४. सार्वजनिक स्थानमा हिडडुल गर्दा बढी मात्रामा सुनको गर–गहना प्रयोग नगर्नुहोस् र साथमा बढी नगद पनि नबोक्नुहोस्।
_x000D_१५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बर सहित प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_१६. कालोबजारी, अवैध मदिरा बिक्रीवितरण, चन्दा आतंक, अपहरण, फिरौती र देह व्यापारमा संलग्न व्यक्ति टोल छिमेकमा भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
_x000D_१७. रातिको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र सुत्ने गर्नुहोस्।
_x000D_१८. गरगहना लगाउँदा सावधानीपूर्वक लगाउनु होस्। गरगहना लगाएर रातको समयमा हिँडडुल नगर्नुहोस्।
_x000D__x000D_
उपत्यका छाडेर बाहिर जानेले ध्यान दिनुपर्ने कुरा
_x000D_–काठा छाडेर घर जाँदै हुनुहुन्छ भने घरबेटीलाई सबै कुरा प्रष्ट पारेर जानुहोस् र घरबेटीलाई फोन गरेर बेला–बेला कोठको बारेमा जानकारी लिने गर्नुहोस्।
_x000D_–बहुमुल्य सामान घरमा राखेर नजानुहोस्।
_x000D_–विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई आफु बाहिर जाने कुरा जानकारी गराउनुहोस्।
_x000D_–घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र बाहिर जानुहा्स्।
_x000D_–ग्यास रेगुलेटर, बत्ती जस्ता संवेदनशील वस्तुहरु ‘अफ’ गरेर मात्रै घर जानुहोस्।
_x000D_–आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाएर रातभर टोल तथा सडकका बत्ती बाल्ने गर्नुहोस्। सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस्।
_x000D__x000D_
यदि कुनै घटना भइहालेमा वा आपराधिक व्यक्तिको कुनै जानकारी भएमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ। त्यसैगरी काठमाडौं प्रहरी परिसर प्रमुखको नम्बर ९८५१२०५५५५, ललितपुर प्रहरी प्रमुखको नम्बर ९८५१२२५५५५ र भक्तपुर प्रहरी प्रमुखको नम्बर ९८५१२१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।