भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठलाई मध्यनजर गर्दै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। जिल्लाभर शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरीले कुनै पनि प्रकारको आपराधिक क्रियाकलाप हुन नदिनका लागि र आमजनतालाई शान्तिपूर्ण रुपमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
_x000D__x000D_
‘सर्वसाधारणले उल्लासपूर्वक दसैं, तिहार मनाइरहेको अवस्थामा आपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्।’, रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले भने, ‘त्यस्ता कार्यलाई निस्तेज पार्न जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ।’ चाडपर्वमा कसैलाई कुनै समस्या परे जानकारी पाएको ५ मिनेटभित्र घटनास्थलमा पुग्ने प्रहरीले दाबी गरेको छ।
_x000D__x000D_
उनले भने, ‘चाडपर्वहरुमा थुप्रै घटनाहरु घट्ने गर्छन्। हामीले जिल्लाको हरेक क्षेत्रलाई समटेर ५ मिनेटभित्र घटनास्थलमा पुग्नका लागि जिल्लाभरीको प्रहरी युनिटको सोहीअनुसार व्यवस्था मिलाएका छौँ।’ त्यसका लागि प्रहरीले ‘क्विक रेस्पोन्स टिम’ (क्युआरटी) गठन गरी परिचालन गरेको जनाएको छ। उक्त टोली घटना भएलगत्तै घटनास्थलमा पुग्ने एसपी थापाले दाबी गरे।
_x000D__x000D_
एसपी थापाका अनुसार आ–आफ्ना इलाकाको इलाका प्रहरी कार्यालयले अर्को इलाकाको प्रहरीसँग समन्वय गरेर पनि गस्ती गर्नेछ। कुनै इलाकामा घटना भइहालेमा ‘चेन’अनुसार व्यवस्थापन गरिएको टोली घटनास्थलमा पुग्न सहज हुने प्रहरीको अनुमान छ।
_x000D__x000D_
चाडपर्वको समयमा मानिसको बढी भिडभाड हुने स्थानमा अपराधीले अनुकुल समय पारी घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्युनिकरण गर्न ‘क्युआरटी’ परिचालन गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको विभिन्न ४२ स्थानमा पिकेट/चेकिङ, पैदल गस्ती २० टोली, मोटरसाइकल/साइकल ८ वटा टोली, गाडी मोबाइल/चेकिङ १७, राजमार्ग क्रस पेट्रोलिङ १२, विभिन्न सांस्कृतिक कार्यक्रमका लागि १०, सार्वजनिक यातायातमा ६, सादा पोसाकका ३, रिजर्भ/स्ट्राइकिङ २ र अनुगमन/चेकिङमा २ वटा टोली खटाएको छ। यसका लागि जिल्लाभर ८ सय ७४ जना प्रहरी खटिने एसपी थापाले बताए।
_x000D__x000D_
यस्तै प्रहरीले विशेष सुरक्षा व्यवस्थाअन्तर्गत सार्वजनिक यातायातमा चोरी, पाकेट मार्ने आदि कार्य हुन नदिनका लागि हतियारसहितको प्रहरी टोली खटाउने जनाएको छ। जिल्लामा सिमाना क्षेत्र रहेकोले चाडपर्वको बेला आपराधिक क्रियाकलापको लागि नाकाबाट साना हातहतियार समेत ल्याउन सक्ने सम्भावना रहेको हुदाँ आफूहरु त्यसमा पनि सजग रहेको र सिमा नाकाको सुरक्षा कडा पारिएको उनले जनाए।
_x000D__x000D_
यस्तै प्रहरीले जिल्लाको विभिन्न स्थानमा नागरिकको सहजताको लागि नागरिक साहयता कक्षसमेत स्थापना गरेको छ। जुन प्रभावकारी बन्दै गइरहेको प्रहरीले दाबी गरेको छ। चाडपर्वको बेला कसैलाई कुनै समस्या परे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुमको १०० र ९८५७०९०६२२ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।